रामेछाप– मोटरसाइकलमा सवार दुई युवकमाथि सांघातिक आक्रमण गर्ने तीन जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ ८ बजे मन्थली नगरपालिका वडा नं ८ जखनीटारमा मोटरसाइकलमा सवार मन्थली बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका सिताराम लोहार र एरिक बराइलीमाथि आक्रमण गर्नेलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा घटनामा संलग्न मन्थली नगरपालिका वडा नं ८ का भक्त बहादुर माझी, कुसे सार्की र मदन माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए । घटनाको विषमा थप अध्ययन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन् ।
आक्रमणबाट दुबै जनाको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइते दुवैको हाल रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटसँगै सिताराम लोहारले आफ्नो हातमा लगाएको साँढे दुई तोलको सुनको ब्रासलेट र एक लाख पचास हजार पैसा हराएको बताए । आफ्नो गोजीमा रहेको एक थान आइफोन मोबाइलमा समेत क्षती पुगेको लोहारको भनाई रहेको छ । त्यस्तै अर्का पीडित एरिक बराइलीको साथमा रहेको भिभो १८०३ मोडलको एक थान मोबाइल पूर्ण रुपमा क्षती भएको पीडित बराईलीले बताए ।
मन्थली नगरपालिका वडा नं ११ गेलुमा सिताराम लोहारको आमालाई औषधी पु¥याई फर्कने क्रममा बाटोमा बसेका ३ जना व्यक्तिहरुले विना कारण आफूहरु माथी आक्रमण गरेको पीडित एरिक बराइलीले बताए ।
एक्कासी मोटरसाइकल रोकेर ढुंगा, लात्ती तथा मुड्कीले प्रहार गर्दा पीडितहरुको शरीरिमा चोट लागेको नेपाल सुनचाँदी कला व्यसायि संघ रामेछापका उपाध्यक्ष कृष्ण लामगादेले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्