Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home प्रहरी–प्रशासन

३० वर्षका मेष बहादुरः मुद्दा १८ ओटा, जेल सजय १ सय २९ वर्ष !

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०७८

रामेछाप- चोरी तथा डकैती मुद्दामा १४ लाख ८३ हजार ३ सय ४७ रुपैया जरिवाना सहित १ सय २९ वर्ष कैद सयज तोकिएका फरार व्यक्तिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । ६ वटा जबरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्दामा नगद जरिवाना सहित जिल्ला अदालत तनहुँले १ सय २९ वर्ष कैद सजय तेकेका सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नं १ बेलघारीका मेषबहादुर थापालाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत तनहुँको २०७१ वैशाख १७, २०७२ जेठ ४ र जेठ १४ गतेको फैसलाले ६ वटा जबरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्दा तथा जिल्ला अदालत सिन्धुलीको विभिन्न १८ वटा लगत नम्बरले दोषी ठहर भई विगत लामो समय देखि फरार रहेका व्यक्तिलाई खोजी गर्ने क्रममा सोमबार साँझ उनकै घरबाट पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता मनोज कुमार लामाले बताए ।

‘चोरी तथा डकैतीमा कुख्यात मानिएका विभिन्न १८ ओटा मुद्दामा दोषी ठहरिएका तर, लामो समय देखि फरार रहेका मगर कान्छा भनेर चिनिने मेषबहादुरलाई प्रहरीले खोजीरहेको थियो,’ प्रहरी प्रवक्ता लामाले भने,‘ फरार व्यक्ति विदेश भएको र केही महिना अघि मात्रै नेपाल आएको सूचनालाई आधार मान्दै खोजी गर्ने क्रममा हामीले थापालाई उनकै घरबाट पक्राउ गर्न सफल भयौँ ।’

अन्दाजी ३० वर्ष उमेरका थापालाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि मंगलबार नै सिन्धुली जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता लामाले बताए । आफू प्रहरी सेवामा रहेर सेवा गर्दा यति धेरै वर्ष कैद सजाय भएका व्यक्ति आफूले नभेटेको बताउँदै प्रहरी प्रवक्ता लामाले सिन्धुली जिल्लाको हकमा यो नै पहिलो घटना भएको दावी गरे ।

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper