Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा उद्यमी उत्पादन गर्दै नगरपालिका, गाउँमै पुग्यो सीप सिक्ने मेसिन

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २९, २०७७

रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा उद्यमी उत्पादन गर्न सुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ८० जनालाई गाउँमै लघु उद्यम संचान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु दिन लागेको हो ।

रामेछाप नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ८० जना नयाँ उद्यमी उत्पादन गर्ने र ४० जना पुराना उद्यमीहरुलाई स्तरोन्नति गर्ने गरी शनिबार देखि तालिम सुरु भएको छ । रामेछाप नगरपालिकाको वडा नं ७ बिर्तामा (मेसिन होजियारी) गाउँमै स्वीटर उत्पादन गर्न सक्ने गरी १६ जना स्थानीय निटिङ मेसिनबाट तालिम सिक्न लागेका छन् ।

५० दिन सम्म चल्ने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले गाउँमै भएका कच्च पदार्थ प्रयोग गर्दै गाउँमा रोजगारी सिर्जना गर्ने गरी सुरु गरिएको उद्यमी उत्पादन तामिसँग स्थानीयको रोजागरी, आर्थिक उन्नति र समृद्धि जोडिएकाले आर्थिक बृद्धिमा सहयोग पुग्ने बताए । नगर प्रमुखले भने– ‘गरिवी निवरणको लागि उद्यमी उत्पादन गर्दै लघु उद्यम स्थापना गर्ने गरी सुरु गरिएको यो तालिममा यहाँ सहभागी भएका स्थानीयको गरिवि उत्थान र बेरोजगार उत्थानमा सहयोग पुग्छ । यस्ता तालिमले पचास वर्ष पछि सम्मको आर्थिक समृद्धिमा टेवा पुग्छ, त्यसैले यो तालिममा सक्रिय सहभागिता हुन जरुरी छ ।’

नगर प्रमुख थापामगरले तालिम सिकेर दक्ष जनशक्ती उत्पादन भएपछि व्यवसायिक रुपमा लघु उद्योग स्थापना गरी व्यवसाय गर्न चहाने सहभागीहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले तालिम पश्चात उद्योग स्थापना गरेर धेरै बस्तु उत्पादन भए उत्पादित बस्तुहरुलाई बजार सम्म लैजाने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।

नगरपालिकाबाट मोबाइल मर्मत तालिम, इलेक्ट्रिसियन तालिम लागयतका सीपमूलक तालिम संचालनको तयारीमा रहेकाले त्यस्ता तालिमबाट नगर भित्रका लोपउन्मुख, सिमान्तकृत र कमजोर आर्थिक अवस्था भएका नागरिकलाई समेटेर रोजगारीसँग जोड्ने योजना रहेको नगर प्रमुख थापामगरको भनाई रहेको छ ।

रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले यस अघि पनि विभिन्न तालिम लिएको भएपनि व्यवसायसँग जोड्न नसक्दा तालिमको उपलब्धी नदेखिएको बताउँदै सीप विकास तालिमले व्यवसायसँग जोड्न मद्दत पुग्ने बताए । सहभागीहरुले बिर्तामै स्वीटर उत्पादन गर्ने (मेसिन होजियारी) तालिम लिएर उद्योग स्थापना गर्न सके त्यही उद्योगले बिर्ताबासीको आर्थिक बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । वडाध्यक्ष कार्कीले सहभागीहरुलाई तालिम अवधिभर सक्रिय भएर तालिम सिक्न अनुरोध समेत गरे ।

रामेछाप नगरपालिकाको उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठले रामेछाप नगरपालिकाको सुकाजोर र रामपुरमा सुरु गरिएको तालिम सम्भाव्यता अध्ययन गरेर गरिएको हुँदा तालिम सफल हुने बताउँदै कार्यक्रमको लक्ष्य अनुसार लघु उद्योग स्थापना गरेर स्थानीयलाई व्यवसायमा जोड्न सहयोग पुग्ने बताए ।

त्यस्तै तालिम उद्घाटन कार्यक्रममा बोल्दै ग्रामिण विजनेश प्रमोशन प्रा.लिका अध्यक्ष गुञ्ज बहादुर कार्कीले लामो समय देखि गैर सरकारी संस्थाहरुले गर्दै आएको कार्यक्रम पहिलो पटक स्थानीय सरकारले संचालन गर्ने गरी गाउँ–गाउँ पुगेको कार्यक्रम थप प्रभावकारी हुने भन्दै गरिवी निवरणमा सहयोग पुग्ने बताए । सुकाजोरको बिर्ता बस्तीमा संचालन गर्न लागिएको मेसिन होजियारीको उत्पादन क्षेत्र सोलु र ओखलढुंगाको मुख्य सडक नजिकै भएकाले उत्पादित बस्तु सहज रुपमा विक्री गर्न सकिने उनले बताए ।

अध्यक्ष गुञ्ज बहादुर कार्कीले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुले लोपउन्मुख हायु जाती र सिमान्तकृत माझी बस्तीलाई उपयुक्त ठानी छनौट गरेको कारण मेड्पाको मर्म र भावना अनुसार कार्यक्रम सफल हुने बताए ।

रामेछाप नगरपालिकाको वडा नं ५ रामपुर र वडा नं ७ सुकाजोरमा तालिम संचालन गर्ने गरी दुई वटा वडा छनौट भएको र दुई ओटै वडामा सामाजिक परिचान र उद्यमशिलता विकासको काम सम्पन्न भइसकेको रामेछाप नगरपालिकाका उद्यम विकास सहजकर्ता मनिसा अधिकारीले बताईन् ।

सीप विकासको जिम्मा लिएको ग्रामिण विजनेश प्रमोशन प्रालि रामेछापका कार्यक्रम संयोजक युवाराज सुवेदीका अनुसार सुकाजोरको बिर्तामा मेसिन होजियारीको तालिम शनिबारबाट सुरु भइसकेको र रामपुरको माझी बस्तीमा मेसिन होजियारीको तालिम आउँदो शनिबार देखि संचान हुने छ । त्यस्तै बाँकी नयाँ सीप विकास तालिम र स्तरोन्नतिको कार्यक्रम पनि चाँडै सुरु हुने छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper