रामेछाप– रामेछापका यादव दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल केन्द्रको केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् । शुक्रबार ललितपुरमा भएको नवौ तथा दशौं साधारणसभा एवं तेस्रो महाधिवेशनबाट दाहाल निर्बिरोध निर्वाचित भएका हुन् ।
दाहाल सामुदायिक मेलमिलापकर्ता समाज नेपाल रामेछापको सचिव समेत छन् । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल रामेछापको स्थापना हुदाँ देखि नै दाहाल उक्त संस्थामा आवद्ध रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्