रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ५ मच्छेडाँडीमा शुक्रबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । सालुबाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख २८५७ नं को यात्रुवाहक बस दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते सबैको उद्दार भएर तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जाकारी दिए ।

मन्थलीमा संचालन हुन लागेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिताको लागी खेलाडी सहित विद्यार्थी लिएर आएको बस द्रुत गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियान्त्रमा लिएर दुर्घटनाको थप अनुसन्धन भइरहेको प्रहरीको भनाई रहेको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्