Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरपालिकामा शिक्षक छनौटमा सामान्य त्रृटि भएपनि निश्पक्ष छ– शिक्षा शाखा

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ ३०

रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ नभएको शिक्षा शाखाले बताएको छ । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि बुधबार शिक्षक छनौट गर्दा निश्पक्ष तरिकाले भएको रामेछाप नगरपालिका शिक्षा शाखाका प्राविधिक साहयक डोर बहादुर तामाङले बताए । उनले भने– ‘रामेछापको साँघुटारमा रहेको कालिका इश्वरी आविलाई शिक्षक छनौट गर्नु पर्ने थियो । त्यसको जिम्मेवारी शाखा प्रमुख नहुँदा कार्यालय प्रतिनिधिका रुपमा मलाई दिइयो । त्यसै अनुसार मैले शिक्षक छनौट समितिकै रोहवरमा कार्यालय प्रतिनिधिको हैसियतले निश्पक्ष तरिकाले काम गरेको छु । तर शिक्षक छनौट समितिकै रोहवरमा परीक्षा संचालन भई शिक्षक छनौट समेत भएर नतिजा प्रकाशित गरीसकेपछि रामेछाप नगरपालिकाको सेटिङ भयो भन्दै पत्रकार सम्मेलन गरी विषयबस्तुलाई विषयान्तर गरेर कार्यालयलाई बदनाम गराउँदै व्यक्तिको समेत चरित्र हत्या गर्ने काम गरिएको छ । त्यस प्रति मेरो घोर आपत्ति छ । ’

उनले थपे– ‘परीक्षा संचालन हुनु भन्दा केही समय अगाडी विषय विज्ञ छनौट गर्दा ६ जना विषय विज्ञ मध्येबाट एक जना छनौट गर्नु पर्ने भएपछि गोलापर्थाबाट छनौट गर्ने कुरा भयो । त्यहि अनुसार मैले गोला तयार गर्दा सामान्य त्रृटिले एकै व्यक्तिको नाम ६ ओटामा टाईप हुन पुगेछ । त्यसलाई सुधार गरेर ६ जनाकै नाम भएको अर्को गोला तयार गरे । तर गलत भएको गोला नष्ट गर्नुको सट्टा गोजीमै राखेछु । पछि गोजीबाट ६ ओटा गोला झिक्ने बेला एउटै व्यक्तिको नाम टाइप भएको पर्न गएर केही त्रृटि भएको हो । तर त्यसलाई पुनः सुधार गरेर शिक्षक छनौट समिति र सोही वडाका वडाध्यक्ष समेतको रोहवरमा जसको नाम ६ ओटामा देखियो उनलाई सहभागी नगराई निश्पक्ष तरिकाले शिक्षक छनौट गरीसकेपछि त्यसको भोलीपल्टा पत्रकार सम्मेलन गरियो । पत्रकार सम्मेलनमा एकपक्षिय ढंगले शिक्षक छनौट गरेको कुरा समेतलाई नदेखाई अघिल्लो दिन भुल सुधार गरेको कुरालाई समेत ढाकछोप गरेर नगरपालिकाको एक कर्मचारीलाई दोषी देखाएर नगरको नेतृत्वलाई असफल बनाउने षड्यान्त्र रचियो । यो सबै राजनीतिक स्वार्थका लागि गरिएको हो भन्ने मलाई लाग्छ ।’

परीक्षा संचालनको दिन वडाध्यक्षले आफूलाई केही गाली गरेको भएपनि कठालोमा समातेर घिसारेको भन्ने कुरा सत्य नरहेको तामाङले बताए । यस अघिका परीक्षाहरुमा समेत विभिन्न सेटिङ गरेर काम गरिएको भन्ने तथ्यहिन आरोप लगाइएको र त्यस्ता आरोपमा कुनै पनि सत्यता नरहेको प्रास तामाङको भनाई रहेको छ ।

काम गर्दा भएको त्रृटिलाई सुधार गरेर शिक्षक छनौट भइसक्यो– प्रमुख प्रशासकीय अधिकृत लामगादे

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले २८ गतेको घटना त्यहि दिन समधान भएर पनि शिक्षक छनौट भइसकेको बताएका छन् । काम गर्दा भएको सामान्य त्रृटिलाई शिक्षा शाखाको कर्मचारीले कामको लोडले त्रृटि हुन गएको भनेर आफूसँक्ष जानकारी गराएको र उक्त त्रृटि अबका दिनमा नदोहोरिने बताएपछि त्यहि दिन उनकै प्रतिनिधित्वमा परीक्षा संचान भएर नतिजा समेत सार्वजनिक गरिएको लामगादेले बताए । 

उता रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले पत्रकार सम्मेलनका क्रममा कर्मचारीबाट गल्ती भए कारबाही गर्ने बताउँदै नेतृत्वलाई असफल बनाउने षड्यान्त्र भइरहको धाराण व्यक्त गरे ।

रामेछाप नगरपालिका–३ साँघुटारका वडाध्यक्ष भुपालराज श्रेष्ठले आफ्नो वडामा रहेको विद्यालयमा शिक्षक छनौट गर्दा सेटिङमा काम भएको भन्दै गलत नियतले भएको कामको सार्वजनिक गर्न विहिबार पत्रकार सम्मेलन गरी शिक्षक छनौटमा सेटिङ भएको बताएका थिए ।

Related Posts

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस
समाचार

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान
समाचार

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते
समाचार

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper