Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन

संवादाताः हाम्रो प्रहार
माघ २९, २०७७

डा.डीपि.आर. उपाध्याय

देशको बिकास, समृद्धिका लागी सुशासन अनिवार्य सर्त हो । सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन । बिश्वका धेरै मुलुक मध्ये केहि मुलुक बिकास र समृद्धिको बाटोमा लम्किएका छन । कारण सुशासन हो । जुन देशमा सुशासन कायम भएको छ, त्यो देशमा बिकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश बिकासको हिसावमा पछाडि परेको छ । हाम्रो देश पनि बिकासको हिसावमा पछाडि छ । त्यो कारण हो हामीले पनि देशमा सुशासन कायम गर्न सकेनौं । देश भ्रष्टाचारले आक्रान्त छ । मुलुकको प्रशासन सञ्चालनमा सुशासन कायम हुन सकेन । सवै भन्दा बढि मात्रमा स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । स्थानीय तहमा बेथिति अनियमितता बढेर गएको छ । यसलाई रोक्ने कस्ले ? जनताले सुशासनको चाहना गरेको धेरै भयो । तर अहिले सम्म प्राप्त गर्न सकिएको छैन । सुशासन भनेको असल शासन हो । असल शासनलाई सुशासन भनिन्छ । यसैगरी, कानुनी शासन नै सुशासनको आधार हो ।देशमा सुशासन कायम गर्न सबै पक्षले सरोकारवाला निकाय हरुलाई सघाउनु पर्ने आवश्यकता देखिँदै गएको छ । प्रशासनतन्त्र जनताप्रति उत्तरदायी बन्न जरुरी छ ।देशलाई भ्रष्टाचारमुक्त बनाई सुशासन कायम गर्ने हो भने निम्न कुरामा ध्यान दिनु पर्छ ।जस्तैः राजनीतिक स्थिरता, स्वतन्त्र न्यायपालिका, दिगो विकास, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको पालना आदि । नेपालमा बढ्दो भ्रष्टाचार, पारदर्शिताको कमी, जवाफदेहिता र उत्तरदायित्वको अभावले गर्दा मुलुकले विकासको गति लिन सकेको छैन । यी विविध कारणले गर्दा भ्रष्टाचारलाई मलजल पुगेको छ ।

सुशासनको बाधक भनेको भ्रष्टाचार हो । भ्रष्टाचार भनेको प्राणघातक रोग जस्तै हो यसलाई मौलाउन दिनु हुँदैन । यसको सही समयमा उपचार गरिएन भने जे पनि हुन सक्छ । यद्यपि समाजमा गहिरो रूपमा जरा गाडेर बसेको भ्रष्टाचार जरै देखि उखेल्न सक्यौँ भने सुशासन कायम गर्न सकिने देखिन्छ । सरकारको एकल प्रयासले संभव देखिएन यसको लागि सामुहिक प्रयास जरुरी छ । देशमा भ्रष्टाचारका कारण आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । भ्रष्टाचार सार्वजनिक क्षेत्रमा मात्रै नभई निजी क्षेत्रमा पनि मौलाउँदै गएको छ । किनभने उनीहरुको नै यसमा मिलेमतो हुन्छ । निजी क्षेत्रले घुस खुवाएर भ्रष्टाचारलाई बढावा दिएका छन् । भ्रष्टाचारले समग्र राष्ट्रलाई आर्थिक रूपमा कमजोर बनाउँछ । किनभने राष्ट्रको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व कुनै व्यक्तिका नाममा जम्माहुँदा देशको अर्थतन्त्र खोक्रो बन्दै जानु स्वाभाविकै हो। यसर्थ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्नु वर्तमान समयको माग हो। भ्रष्टाचारले मुलुकको समग्र विकासको गति रोक्ने गर्दछ ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper