Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरपालिकामा युवाहरुका लागि लोक सेवा तयारी कक्षा सुरु

संवादाताः रामचन्द्र वि.क.
माघ २६, २०७७

रामेछाप– रामेछाप नगरपालिकाले नगर भित्रका युवाहरुका लागि लोक सेवा आयोग द्वारा लिइने नायव सुब्बा, खरिदार वा सो सरहको परिक्षा तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्र भित्रका ५० जना युवा सहभागी गराउने गरी सोमबार देखि १५ दिने लोक सेवा तयारी कक्षा सुरु गरेको हो ।

तयारी कक्षाको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रशासनिक क्षेत्रमा रामेछाप जिल्लाका मानिसहरुको सहभागिता कमजोर रहेको र रामेछापका नागरिकले पनि प्रशासनिक क्षेत्रमा सहभागिता जनाउन सक्छन् भन्ने सन्देश दिनको लागि पनि युवाहरुलाई लक्षित गरी लोक सेवा तयारी कक्षा संचालन गरिएको बताइन् । उपप्रमुख खड्काले भनिन– ‘रामेछाप जिल्लामा क्षमता भएका सयौं युवाहरु हुनुनुहन्छ । तर, लोकसेवा तर्फ ध्यान नदिदा ठूल–ठूला अवसरहरु गुमाउनु परेको छ । जसको कारण प्रशासनकि क्षेत्रमा रामेछापका मानिसले केही पनि गर्न सक्दैनन् भन्ने किसिमको बुझाई अरु ठाउँका मानिसहरुलाई पर्न सक्छ । त्यसैले नगरपालिकाले नगर क्षेत्र भित्रका महिला पुरुष युवाहरुलाई लोकसेवाको बारेमा जानकारी गराउँदै मेहनत गर्न सके रोजगारी त्यता पनि छ भनेर उत्पे्ररण जगाउन यो तयारी कक्षा सुरु गरेका हौँ । आशा छ ५० जना मध्येका कोही न कोहीले नाम निकाल्नेछन् ।’

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले आफ्नो अनुभव बताउँदै सहभागी प्रशिक्षार्थीहरुलाई समयको ख्याल गर्दै १५ दिनको तयारी कक्षामा सक्रिय सहभागिता जनाउन अनुरोध गरे ।

नगरपालिकाले यस अघि नगरपालिकाका ९ ओटै वडामा पुगेर लोक सेवा आयोग द्वारा लिइने नायव सुब्बा, खरिदार वा सो सरहको परीक्षा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो । अभिमुखीकरण कार्यक्रममा ४ सय बढी युवाहरुले सहभागिता जनाएका थिए । तिनै सहभागीलाई प्रतिस्पर्धा गराएर ५० जना युवाहरु छनौट गरेर लोक सेवा तयारी कक्षा संचालन गरिएको रामेछाप नगरपालिकाका अधिकृत होम बहादुर थापाले बताए । थापाका अनुसार दैनिक विहान १० बजे देखि अपरान्हको ४ बजे सम्म कक्षा हुने छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper