Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

प्रथम रामपुर वडाध्यक्ष कप–२०७७ सम्पन्न, लिना लाफा समूहले जित्यो उपाधी

संवादाताः रामचन्द्र वि.क.
माघ १९, २०७७

रामेछाप– रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा शुक्रबार देखि संचालन भएको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चालु आर्थिक वर्षका लागि विनियोजित लक्षित कार्यक्रम अन्तरगतको युवा तथा खेलकुद शिर्षकबाट वडा कार्यालयले आयोजना गरेरको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिताको उपाधी लिना लाफा समूहले जितेको छ ।

रामेछाप– ५ रामपुरका १२ टिम सहभागी रहेको पुरुष भलिवल प्रतियोगितामा लिना लाफा समूह प्रथम, कोलोन्जोर ‘ए’ द्वितिय र नवजागरण ‘बी’ तृतिय भएका छन् । प्रतियोगितामा  प्रथम हुने टिमले ३५ हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितिय हुने टिमले २५ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतिय हुने टिमले १५ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तीन दिन सम्म संचालन भएको प्रतियोगिता रामेछाप नगरपालिका– ५ रामपुरका वडाध्यक्ष भिम बहादुर तामाङको अध्यक्षता एवं रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ ।

प्रतियोगिता समापन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले खेलकुदले मानिसलाई अनुशासित बनाउनुको साथै स्वस्थ जीवन जिउँन ठूलो मद्धत पुग्ने भएकाले मानिसको जीवनमा खेलकुद अत्यान्तै महत्वपूर्ण भएको बताए । नगर प्रमुख थापामगरले भने– ‘खेलकुदले मानिसलाई अनुशासित र स्वस्थ बनाउनुको साथै राष्ट्रलाई आवश्यक पर्ने नागरिक समेत उत्पादन गर्छ । त्यसैले खेलकुद क्षेत्र महत्वपूर्ण रहेको छ । रामेछाप नगरपालिकाले खेल क्षेत्रको विकासका लागि एक वडा एक खेल मैदन बनाउने गरी रणनीतिक योजनामै राखेर काम गरिरहेको छ । त्यति मात्रै हैन समग्र नगरपालिकालाई नै समेट्ने गरी सुविधा सम्पन्न कभर्ड हल निर्माण भइरहेको छ । यसले पनि रामेछाप नगरपालिकालाई खेलकुदकै माध्यमबाट विकास गर्न थप सहयोग पुग्छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख थापामगरले रामेछाप नगरपालिकाले खेलकुदको लागि रामेछाप नगरपालिका, जिल्ला र अन्तराष्ट्रिय स्तरमा खेलकुदमा सहभागिता जनाउने खेलाडीहरुलाई विगतका वर्ष देखि नै सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि पूर्ण रुपमा सहयोग हुने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष भिम बहादुर तामाङले रामपुरलाई खुलकुदकै माध्यमबाट चिनाउनको लागि र आगामी वर्षहरुमा खेलकुदलाई निरन्तरता दिनको लागि वडाध्यक्ष कपको आयोजना गरिएको बताए । उनले भने– ‘खेलकुदबाट पनि रामपुरलाई चिनाउन सकिन्छ । त्यसको लागि खेलकुदको विकास गर्न र खेललाई निरन्तरता दिनको लागि रामपुर वडाध्यक्ष कपको आयोजना गरेका हौँ । भविष्यमा जो कोही वडाध्यक्ष भएर आएपनि आज स्थापना गरेको रामपुर वडाध्यक्ष कपले निरन्तरता पाउँछ अनि हामीले खोजेको खेलाडी उत्पादन हुन्छन् । जसले गर्दा हामीले नगर, जिल्ला, देश र विदेशमा समेत सहजिलै प्रतिस्पर्धा गर्न सक्छौँ ।’

रामपुर जनसंख्या र भुगोलको हिसाबले रामेछाप नगरपालिकाको सबै भन्दा ठूलो वडा भएकाले सबैलाई वडाका सबै युवाहरुलाई समेट्ने गरी टोल–टोलमै खेल मैदन निर्माण गरेर खेलकुदमा आकर्षण गराउने गरी वडाले काम गरी रहेको वडाध्यक्ष तामाङले बताए ।

आगामी वर्ष संचालन हुने दोस्रो रामपुर वडाध्यक्ष कपमा ९ वटै वडाका टिम सभागी हुने गरी खुल्ला प्रतियोगिताको आयोजना गरिने पनि वडाध्यक्ष तामाङले उद्घोष गरे ।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, वडा नं ६ ओख्रेनीका वडाध्यक्ष धन बहादुर खड्का, रामेछाप जिल्ला अस्पतालका अध्यक्ष रोशन पाख्रिन, नेकपा रामेछाप नगरपालिकाका अध्यक्ष मोतीलाल तामाङ, नेपाली काँग्रेसका युवा नेता सुशिलहरी बख्रेल लगायतले आफ्नो धाराण राख्दै नगरपालिकालाई खेलकुद कै माध्यमबाट विकास गर्न सबै एक जुट भएर लग्नु पर्नेमा जोड दिए ।

खेल रामेछाप नगरपालिका वडा नं ५ रामपुरले निर्माण गरेको खेल मैदनमा भएको हो ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper