Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापको सुकाजोरमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र, सदरमुकाम धाउनु पर्ने बाध्यता हट्यो

संवादाताः रामहरि केसी
माघ १४, २०७७

सुकाजोर– रामेछाप नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा सेवा केन्द्रको स्थापना भएको हो ।

आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले मंगलबार उद्घाटन गरेका छन् ।

सेवा केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख नर बहादुर थापामगरले भने– ‘मानव जीवनको लागि नभई नहुने आयुर्वेदिक पद्धतिबाट हुने उपचार सेवाबाट धेरै नागरिकहरु अझै पनि बञ्चित छन् । यो हुनुमा नागरिकहरुको अनविज्ञता नै हो । त्यसैले आज रामेछाप नगरपालिकाका अधिकाशं नागरिकले सेव पाउने गरी स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रबाट आयुर्वेदिक पद्धतिबाट हुने उपचार र योगाको बारेमा जानकारी पाउने छन् र सहज तरिकाले लाभ पनि लिने छन् । यहाँबाट सेवा लिने हरेक नागरिकले आफू स्वस्थ जीवन शैली बिताई रहेको महसुस समेत गर्ने छन् ।’

नगर प्रमुख थापामगरले नगरपालिकामा पहिलो पटक नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएपछि सेवा केन्द्रबाट प्रवाह हुने सेवा र फाइदाको बारेमा आम नागरिकलाई जानकारी गराउन सके यसले स्वस्थ नगर बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । स्वस्थ जीवन जिउनको लागि आयुर्वेदिक पद्धतिको उपचार पनि महत्वपूर्ण भएकाले जिल्ला आयुर्वेदले सहयोग गरे सबै वडामा समेत सेवा पु¥याउने गरी नगरपालिकाले आगामी कार्यक्रमहरु तया गर्ने नगर प्रमुखले बताए ।

‘हामी मानव जातीको स्वास्थ्य अवस्थालाई पूर्ण रुपमा स्वस्थ बनाउन राज्य र अरु कुनै निकायले मात्रै नसक्ने रहेछ जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र रामेछापका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले भने,‘त्यसकारण पनि आम नागरिकले आफ्नो स्वास्थ्यको आफैले जिम्मेवारी लिएर स्वस्थ बन्न सकुन भन्ने उदेश्यका साथ सदरमुकाम केन्द्रित रहेको योगाभ्यास सहितको आयुर्वेदिक पद्धतिको उपाचार सेवा केन्द्र गाउँ–गाउँ ल्याइएको हो । यहाँबाट प्रवाह हुने सेवाले आफ्नो स्वास्थ्य प्रति नागरिकलाई थप जिम्मेवार बनाउँछ ।’

नागरिक आरोग्य सेवा केन्द्रबाट निःशुल्क स्वास्थ्य परिक्षण, निःशुल्क औषधी वितरण र योगाभ्यास सहितका सेवाहरु प्रवाह हुने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र रामेछापका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताए । डा. गिरीका अनुसार नागरिक आरोग्य सेवा केन्द्र संचालनको लागि रामेछाप नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको साझेदारी रहेको छ ।

नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन समारोहका अध्यक्ष एवं रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले कार्यक्रममा बोल्दै अहिलेको समयमा आयुर्वेदिक पद्धतिको उपाचार र योगाभ्यास सबै नागरिकलाई आवश्यक भएको बेला गाउँमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुँदा सुकाजोर आसपासका नागरिकलाई स्वस्थ बनाउन थप सहयोग पुग्ने बताए । गाउँमै आयुर्वेदिक पद्धतिबाट उपचार हुने भएपछि आम नागरिकले जिल्ला सदरमुकाम र अन्य ठाउँ धाउनु पर्ने बाध्यता समेत हटेको वडाध्यक्ष कार्कीले बताए ।

वडाध्यक्ष समिर कार्कीले विभिन्न रोगबाट पीडित विरामीहरुलाई लाखौ खर्च गरेर अस्पताल धाउनु भन्दा गाउँमै बनेको सेवा केन्द्रबाट निःशुल्क उपचार सेवा लिएर आफ्नो स्वास्थ्य अवस्था सुधार गर्न आग्रह समेत गरे ।

कार्यक्रममा रामेछाप नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper