Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापको सुकाजोरमा बन्ने भयो सुविधा सम्पन्न कभर्ड हल

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७७ पुष २६

रामेछाप– रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुने भएको छ । रामेछाप नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फुटबल मैदान सहितको सुविधा सम्पन्न कभर्ड हल निर्माण हुन लागेको हो ।

२०७९ साल असार २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने कभर्ड हलको आइतबार नगर प्रमुख नर बहादुर थापामगरले शिलान्यास गरेका छन् । कभर्ड हल शिलान्यास कार्यक्रममा बोल्दै  नगर प्रमुख नर बहादुर थापामगरले नगरपालिकाको पाँच वर्षे रणनीतिक योजना अनुसार कभर्ड हल निर्माण हुन लागेको बताए । नगर प्रमुख थापामगरले भने– ‘हामी निर्वाचित भएर आएपछि नगरको समग्र विकासको लागि पाँच वर्षे रणनीतिक योजना बनायौं । रणनीतिक योजनामा थुप्रै गौरवका योजना समावेश गरेका छौँ । त्यहि योजना मध्ये कभर्ड हल पनि एउटा हो । नगरको खेलकुद विकासका लागि तयार गरिएको गौरवको योजनाको शिलान्यास गर्न पाउँदा म निकै खुसी भएको छु । निर्माण सम्पन्न भएपछि नगरको खेलकुद विकासको लागि कभर्ड हल एउटा कोशेढुंगा सावित हुनेछ ।’

खेलकुद विकासको लागि नगरका ९ ओटै वडामा साना–ठूला खेल मैदानहरु निर्माणको चरण भएकाले भविश्यमा नगरपालिकालाई खेलकुदकै माध्यमबाट समृद्ध बनाउन सकिने नगर प्रमुख थापामगरले बताए । नगरको समग्र विकासको लागि रणीतिक योजना अनुसार काम भइरहेकाले त्यसलाई निर्धारित समयमै सम्पन्न गराउनको सबैले सहयोग गर्नु पर्नेमा नगर प्र्रमुख थापामगरको जोड रहेको छ । नगर प्रमुखका अनुसार अहिले कभर्ड हल निर्माणको लागि संघीय सरकारको पचास प्रतिशत र रामेछाप नगरपालिकाको पचास प्रतिशतमा काम गर्ने सम्झौता भएको छ । बाँकी संरचना निर्माणको लागि थप बजेट व्यवस्थापन गर्न नगरपालिका लागिरहेको पनि नगर प्रमुख थापामगरले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख सृजना खड्काले नगरका विकासका चरणहरु अगाडी बढ्ने क्रममा रहेको र कभर्ड हल निर्माणको काम एउटा महत्वपूर्ण उपलब्धी भएको बताईन् । उपप्रमुख खड्काले भनिन्– ‘विकास एक जनाबाट मात्रै सम्भव छैन् । सामुहिक विकासमा लाग्न सके नगरका सबै वडाले विकासको महसुस गर्न पाउँने छन् । आम नागरिकको आर्थिक विकासका लागि सबै वडाका जनप्रतिनिधि एक भएर लाग्नु पर्छ । त्यसपछि मात्रै हामीले देखेका समृद्धि नगर बन्छ ।’

निर्माण कम्पनीलाई डीपिआर अनुसार काम गर्न अनुरोध गर्दै कभर्ड हल निर्धारित समयमै सम्पन्न गर्नको लागि नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने पनि उपप्रमुख खड्काले बताईन् ।

कभर्ड हल निर्माण सम्पन्न भएपछि नगरको विकासमा थप सहयोग पुग्नुका साथै वडाको मुहार नै फेरिने वडाध्यक्ष समिर कार्कीको भनाई रहेको छ । पहिलो चरणमा टेण्डर भएर कभर्ड हल निर्माण सम्पन्न हुने भएपनि डीपिआर अनुसार सबै काम सम्पन्न नहुने भएकाले आगामी वर्षहरुमा बजेटको व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्नेमा वडाध्यक्ष कार्कीको जोड रहेको छ ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले बोल्दै कभर्ड हल निर्माणले समग्र नगरको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी सुनकोशी कन्सट्रक्सन नेपाल प्रा. लिले निर्माणको जिम्मा लिएको कभर्ड हल निर्माणको काम २०७९ साल असार २५ भित्र सक्नु पर्ने सम्झौता भएको रामेछाप नगरपालिकाका इन्जिनियर कुशुम भट्टराईले बताए । भट्टराईका अनुसार सम्झौता अनुसार १ सय ९ फिट लम्बाई र ८६ फिट चौडाइ भएको कभर्ड हल निर्माण हुनेछ ।

कभर्ड हल भित्र भलिबल खेल्ने मैदान, जीम गर्ने ठाउँ, ब्याडमिन्टन खेल्ने ठाउँ, दर्शक बस्ने ठाउँ, कार्यक्रम गर्ने स्टेज, ड्रेस चेन्ज गर्ने कोठा, महिला पुरुष शौचालय, टिकट घर लगायतका संरचना हुने पनि इन्जिनियर कुशुम भट्टराईले बताए । दश करोड बराबरको डीपिआर तयार भएपनि डीपिआर अनुसारको बजेट नहुँदा सबै काम सम्पन्न नहुने उनको भनाई रहेको छ ।

जेठ २६ गते सम्झौता भएको कभर्ड हल निर्माणको काम जग खनेर पीसिसिको काम भइरहेको सुनकोशी कन्सट्रक्सन नेपाल प्रा. लिका प्रतिनिधि केशव महतले बताए । निर्धारित समयमा नै काम सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाई रहेको छ ।

Related Posts

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत
समाचार

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper