Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

१६ महिनाको समिक्षाः गत वर्ष ८७ % खर्च हुँदा यो वर्षको चार महिनामा पुँजीगत खर्च १६ प्रतिशत

संवादाताः रामचन्द्र वि.क.
पुस १०, २०७७

रामेछाप– खाँडादेवी गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो चौमासिकको कार्यप्रगतिको समिक्षा गरेको छ । विहिबार गाउँपालिकामा आयोजित समिक्षा गोष्ठीमा गत आर्थिक वर्ष २०७६/९७७ र चालु आर्थिक वर्षको पहिलो चौमासिकको कार्य प्रगति प्रस्तुत गरिएको थियो ।

प्रस्तुत विवरण अनुसार गत आर्थिक वर्षमा कोरोना कहर बीच पनि निकाशा भएको बजेटको ८७.०८ प्रतिशत खर्च भएको छ । जसमा चालु बजेटको ९२ प्रतिशत र पुँजीगत बजेटको ८३ प्रतिशत खर्च भएको छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्च १६.९८ प्रतिशत मात्रै खर्च भएको छ भने चालु तर्फ २१.६६ प्रतिशत खर्च भएको छ ।

गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो चौमासिकको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लेखा अधिकृत अनन्त सापकोटाले कोरोनाको कारण यस वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसारको काम हनु नसकेको बताएका छन् ।

“शत प्रतिशत काम गर्ने उद्देश्य लिएर काम गर्ने जोसका साथ आगडि बढेको भएपनि कोरोनाको कारण अघिल्लो वर्ष सबै काम गर्न सकेनौँ, उपाध्यक्ष मखमली श्रेष्ठले भनिन्, ‘त्यसको असर हाम्रा विकासे बजेटमा प¥यो ।” समृद्ध गाउँपालिका बनाउनको लागि सबै आगमी दिनहरुमा एक जुट भएर लाग्नु पर्ने उपाध्यक्ष श्रेष्ठको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख एवं कार्यक्रमका प्रमुख अथिति प्रेम बहादुर खड्काले जिल्लाका अन्य स्थानीय तह भन्दा खाँडादेवी गाउँपालिकाले नागरिकको पक्षमा राम्रा काम गरेको भन्दै आगमी दिनमा पनि त्यस्ता कामलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले नागरिकको समस्यालाई ध्यानमा राखेर धेरै काम गर्नु पर्नेमा पनि जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता आनन्द श्रेष्ठले गाउँ विकासको लागि निजी स्वार्थहरु त्यागेर काम गर्न सके हामीसँग भएका थोरै श्रोतबाट पनि धेरै विकास गर्न सकिने बताए । एक पटक जनताबाट निर्वाचित भएर आएपछि पाँच वर्ष सम्म स्थायी रुपमा आफ्नै अधिकारहरु प्रयोग गर्दै काम गर्न सक्ने स्थानीय सरकार भएकाले जनप्रतिनिधिले जनताका अपेक्षा अनुसारका काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका स्थानीय युवा नेता कृष्णहरि खत्री र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले पनि गाउँपालिकाले आफ्नो नारा पुरा गर्नको लागि नागरिकका समस्यालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडा नं १ देखि वडा नं ९ सम्मका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाका सदस्य, राजनीतिक दल, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

खाँडादेवी गाउँपालिकाको गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो चौमासिकको समिक्षा प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper