Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

चुनावमा बोलेको बाचा पुरा गर्दै जनप्रतिनिधि, गाउँमै खुल्यो शहरी स्वास्थ्य केन्द्र

संवादाताः हाम्रो प्रहार
पुस ८, २०७७

रामेछाप– स्थानीय तहको चुनावमा गाउँ गाउँ गएर भोट माग्ने उम्मेद्वारले भनेका थिएः ‘हामीलाई भोट दिनुसो, तपाईको गाउँमा खाने पानी ल्याउँछौँ, स्वास्थ्य, शिक्षा र विकास निर्माणको कामलाई पाँच वर्ष भित्रै पुरा गर्छौ ।’ नभन्दै अहिले स्थानीय सरकारका जनप्रतिनिधिले चुनावको बेला जनतामाझ गरेका बाचा पुरा हुँदै गएको महसुस गरेका छन् ।

बुधबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ स्थित बाबियाखर्कमा शहरी स्वास्थ्य केन्द्रको सुरुत भएको घोषणा गर्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगले भने– ‘आजबाट यहाँका स्थानीयले सामान्य स्वास्थ्य सेवा लिनको लागि घण्टौ लगाएर धेरै टाढा धाउनु पर्दैन् । तपाईहरुकै समस्याहरुलाई प्राथमिकतामा राखेर हामी काम गरीरहेका छौँ । यहाँको आवश्यकतालाई पहिचान गरेर नगरबाट थप कार्यक्रमहरु पनि ल्याउँछौँ । अन्य विकासे कार्यमा यहाँका स्थानीयले पनि साथ दिनु पर्‍यो ।’

शहरी स्वास्थ्य केन्द्र खुलेपछि यहाँका अशक्त, जेष्ठ नागरिक, गर्भवती महिला र सामान्य विरामी भएका नागरिकहरु बढी लाभन्वित हुन्छन्, वडाध्यक्ष केदार कार्कीले भने, ‘उपचारको लागि सदरमुकाम मन्थली र जिल्ला अस्पताल रामेछाप धाउनु पर्दैन् ।’ उनले थपे– ‘हामी निर्वाचनको बेला नागरिकको घर–घरमा जाँदा बोलेका थियौंः यहाँका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आज पुरा गरेका छौँ । वडामा अशक्त व्यक्तिहरु जटिल प्रकृतिका विरामी भए भने अस्पताल लैजनको लागि हामीले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ ।’

अहिले शारदा संस्कृत मावि बावियाखर्कमा राखिएको भएपनि डुम्रीखर्का, बाबियाखर्क र सल्लेका स्थानीयलाई पायक पर्ने स्थानमा शहरी स्वास्थ्य केन्द्रको भवन बनेपछि त्यहीबाट सेवा संचालन हुने वडाध्यक्ष कार्कीले बताए । घर नजिकैबाट  स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper