Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रजिअ शर्माको पत्रकारसँग डेढ घण्टाः ‘हाइड्रोको प्रलोभनमा बिक्दिन, ठेगेदार भेट्दिन’ (भिडियो)

संवादाताः रामचन्द्र वि.क.
पुस ७, २०७७

रामेछाप– रामेछपाका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जिल्लामा निर्माणधिन हाइड्रोपावरबाट पीडित नागरिकले झेलीरहेको समस्या समधानको लागि हाइड्रोकोपावरहरुको प्रलोभनमा नबिक्ने बताएका छन् । मंगलबार जिल्लाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पत्रकारहरुले जिल्लाका विभिन्न ठाउँमा निर्माणाधिन अवस्थामा रहेका हाइड्रोपावारका संचालकहरुले स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरी सिधै सिडियो र माथिल्लो निकायसँग मात्रै समन्वय गरेर स्थानीयले भोगीरहेका समस्याको बेवास्त गर्दै एक पक्षिय ढंगले अगाडि बढीरहेको भन्ने गुनासो राखेपछि प्रजिअ शर्माले आफ्नो कार्यकालमा नागरिकको समस्या समधानको लागि हाइड्रोपावरहरुको प्रलोभनमा नबिक्ने बताएका हुन् ।

जिल्लाको विभिन्न ठाउँमा निर्माणको जिम्मा लिएका तर केही काम गरेर अलपत्र अवस्थामा छोडेका योजनाहरुको बारेमा पत्रकारहरुले कुरा राखेपछि प्रजिअ शर्माले त्यस्ता अलपत्र अवस्थामा रहेका योजनाहरु समयमै सम्पन्न नहुनुको कारण सम्झौत गर्ने निकायसँग माग्ने बताएका छन् । पत्रकारहरुले राखेका समस्याको बारेमा बोल्दै प्रजिअ शर्माले भने– ‘अलपत्र अवस्थामा रहेका कामको बारेमा हेरेर किन अड्केको हो ?, कुन कार्यालयले ठेक्का दिएको हो ?, त्यो कार्यालयसँग जबाफ मागेर काम अगाडी बढाउँछु, म ठेगेदासँग भेट्दिन ।’

प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मासँग करिब डेढ घण्टाको समयमा पत्रकारहरुले स्थानीय तह र सरकारी कार्यालयहरुले सूचना नदिने, विकासे बजेटमा अनियमितता बढेको, जिल्लाको विभिन्न ठाउँमा बन्दै गरेका हाइड्रोपावारले नागरिको गुनासो नसुनेको, नदीजन्य वस्तुको अनधिकृत रुपमा दोहन भइरहेको, सीमा बिबाद रहेको, जिल्ला प्रशास कार्यालयबाटै नागरिकले पाउनु पर्ने नियमित सेवा पाउन ढिलासुस्ती भएको लगायतका समस्याहरु भएकाले प्रमुख जिल्ला अधिकारीले त्यस्ता समस्या समधानको लागि विशेष भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।

प्रजिअ शर्माले जिल्लामा देखिएका समस्या समधानको लागि आफूले स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पाँचथरबाट सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले मंगलबार देखि रामेछापको प्रजिअको जिम्मेवारी सम्हालेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper