रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं. ७ भटौलीमा आगलागीमा परी ज्यान गुमाएका बालकका परिवारलाई जिल्ला विपत्त व्यवस्थापन कोषले दुई लाख रहात उपलब्ध गराएको छ । कोषका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घट्नास्थलमै पुगेर मृतकका परिवालाई दुई लाख नगद राहत उपलब्ध गराउनुभएको हो ।
शनिबार दिउँसो आफ्नै घरमा विद्युत सर्ट भई आगलागी हुँदा ज्यान गुमाएका पाँच वर्षिय सुजन रम्तेललको परिवारलाई उनको घरमै पुगेर कोषबाट दुई लाख नगद र नेपाल रेडक्रस सोसाईटी रामेछाबाट आवश्यक कपडा र भाँडा उपलब्ध गराईएको प्रजिअ रुद्रादेवी शर्माले बताउनुभयो ।
पछिल्लो समयमा जिल्लमा आगलागीका घटना बढ्दै गएको र आगलागीमा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएकाले आगलागीलाई नियन्त्रण गर्न सबै सचेत हुनु पर्ने प्रजिअ शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले दैनिक रुपमा प्रयोग गर्ने विद्युतिय सामग्री लापरवाही तरिकाले प्रयोग गर्दा र समय–समयमा वाइरिङ चेकजाँच नगर्दा त्यसैको कारणले आगलागीका घटनाहरु घटेका छन् । जसको कारण मानिसको ज्यानै जाने गरेको छ । यस्ता घटना हुन नदिन आफ्नो घरको विद्युतिय सामग्रीको अवस्था र वाइरिङको अवस्था ठिक भएको निश्चित गर्न सके यस्ता दुःखद घटना घट्दैनन् थिए । त्यसैले सरोकारवला निकाय र आम सर्वसाधरणले बढी सचेतता अपनाउन जरुरी छ ।’
आफ्नो प्रतिकृया दिनुहोस्