Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

दशैंको शुभकामना दिन सामाजिक सुरक्षा भत्ता बोकेर वडाध्यक्ष पुग्छन् घरमै

संवादाताः हाम्रो प्रहार
कार्तिक ३, २०७७

रामेछाप– कोरोना कहरबीचमा पनि गाउँका सरकारहरु आफ्ना नागरिकलाई दशैंको शुभकामना दिन सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुग्न थालेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जनप्रतनिधि कोरोनाको त्रासमा रहेका नागरिकको अवस्था बुझ्दै दशैंको शुभकामना सहित सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुगेका हुन् ।

दशैं नजिकिएसँगै स्थानीयहरुलाई आर्थिक रुपमा समेत समस्या नहोस भन्ने उद्देश्यले कोरोना कहरबीच पनि आफ्ना नागरिकहरुको घरमै पुगेर भत्ता उपलब्ध गराईएको वडाध्यक्ष समिर कार्की बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोनाको त्रारमा रहेका नागरिकको अवस्था पनि थाहा हुने, उनिहरुको आर्थिक समस्या पनि टर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै लक्षित वर्गका सबै नागरिकलाई उहाँहरुको घरमै पुगेर भत्ता उपलब्ध गरायौँ । यसले उहाँहरुलाई केही समय भएपनि राहत हुन्छ ।’

शुभकामना दिँदै वडाध्यक्ष कार्कीले कोरोना संक्रमण फैलन सक्ने भएकाले परिवारका सदस्य जहाँ छन् त्यही बसेर दशैं मनाउन सुझाएको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता पाउनेमा सबै भन्दा बढी लोपउन्मुख हायु जाती ७ सय ३० जना, जेष्ठ नगरिक २ सय ६५ जना, एकम महिला ७९ जना, अपाङ्गता भएका व्यक्त ४० जना, दलित जेष्ठ नागरिक ५ जना र दलित बालबालिका ८ जना गरी सुकाजोरमा एक हजार एक सय २७ जनाले भत्ता पाएको वडा सचिब उत्तम कार्कीले बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्तामा मात्रै रामेछाप–७ सुकाजोरमा एक करोड ३३ लाख ८५ हजार खर्च हुन्छ ।

९ वटा वडा रहेको रामेछाप नगरपालिकामा भत्ता लिनेको संख्या सबै भन्दा बढी वडा नं ७ सुकाजोरमा रहेका छन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper