रामेछाप- नेपाली काँग्रेसका नेता पूर्णबहादुर तामाङ कान्छारामले नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनमा रामेछापको पार्टी सभापति पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा उनले आफू सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।
तामाङले आगामी अधिवेशनमा सबैसँग सहमति गरेर अगाडि बढ्ने पनि बताएका छन् । नेपाली काँग्रेसको पार्टी संगठनलाई बलियो बनाउने र तीन तहका आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई रहेको छ।
गत निर्वाचनमा रामेछापबाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेद्वार रहेका तामाङ नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्