रमहरि केसी, रामेछाप– ३८ औं वीपी स्मृति दिवसमा रामेछापमा विभिन्न कार्यक्रमहरु भएका छन् । वीपी स्मृति दिवसको अवसर पारेर मंगलबार नेपाली काँग्रेस रामेछापले विरुवा रोप्ने कार्यक्रम गरेको छ भने सुभेक्षुक संस्था नेपाल प्रेस युनियनले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप र रामेछाप नगर कार्यसमितिको सहआयोजनामा रामेछाप नगरपालिका वडा नं ८ बिटारमा वृक्षरोपण गरिएको छ । निर्माणाधिन विटार पार्क आसपासमा दुई सय बढी विरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पदाधिकारी, पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि काँग्रेस भातृसंगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
यस्तो देखियो फोटोमा
वीपीको परिकल्पनाको समाजबाद र अहिलेको अवस्था विषयक अन्तरक्रिया
त्यस्तै दिवसकै अवसर पारेर नेपाल प्रेस युनियन रामेछापले वीपीको परिकल्पनाको समाजबाद र अहिलेको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मन्थली माविको मिडिया हलमा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पदाधिकारी, पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि काँग्रेस भातृसंगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
यस्तो देखियो फोटोमा
आफ्नो प्रतिकृया दिनुहोस्