Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका सम्बन्ध, भोगेका अनुभव र संस्थामा छाडेर जाने उपलब्धिले एउटा कार्यकाललाई अर्थपूर्ण बनाउँछन् । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठका लागि पनि सुनापतीको बसाइ यस्तै अनुभवले भरिएको रह्यो । रामेछापको सुनापति गाउँपालिकाबाट सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा सरुवा भएका श्रेष्ठलाई सुनापति गाउँपालिकाले शुक्रबार अपराह्न आयोजना गरेको फेरि भेटौला तथा स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ र उपाध्यक्ष गिता विष्ट सहित वडाध्यक्षहरू र गाउँपालिकाका कर्मचारीले बिदाईका हातहरु मिलाउँदै मायाको चिनो दिएपछि श्रेष्ठले अनुभव आदानप्रदानको भनाइमा दुई वर्षको अनुभव यसरी सुनाए । 

“तीता क्षणहरूलाई म वास्ता गर्दिनँ । सकेसम्म त्यस्ता क्षणलाई त्यहीँ बिर्सिदिन्छु । मेरो अनुभवमा तीताभन्दा मीठा अनुभव नै बढी छन् । तीतो अनुभवलाई पनि मीठो बनाउने बानी र व्यवहार अपनाउने प्रयास गर्छु ।”

उनको यो भनाइले सुनापती गाउँपालिकामा बिताएको समयप्रतिको दृष्टिकोण मात्र झल्काउँदैन, कर्मचारी र जनप्रतिनिधिबिचको सम्बन्धलाई कसरी बुझ्नुपर्छ भन्ने सन्देश पनि दिन्छ । २०८१ साल असोज ९ गते बेलुका श्रेष्ठलाई सुनापती गाउँपालिकामा स्वागत गरिएको थियो । त्यति बेला उनले औपचारिक रूपमा सरुवा भएर रमाना लिइसकेका थिएनन् । तर, गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृतको आवश्यकता भएकाले गाउँपालिका नेतृत्वको आग्रहमा उनी हतारमै सुनापती पुगेका थिए । राति नै सहकर्मीहरूबिच स्वागत कार्यक्रम भयो र त्यसको भोलिपल्ट औपचारिक रूपमा गाउँपालिकामा हाजिर भए ।

सुनापतीमा उनको कार्यकाल सुरु भएको केही समयमै प्राकृतिक विपद्ले ठूलो क्षति पुर्‍यायो । रोशी खोलाको बाढीले सडकमा क्षति पुर्‍याएपछि आवतजावत कठिन बन्यो । उनले सुनापतीमा रहँदा त्यही क्षतिग्रस्त सडक हुँदै पटकपटक यात्रा गर्नुपरेको अनुभव सुनाए । सुरुवाती दिनमा देखिएको कठिन अवस्थाबाट अहिले गाउँपालिकाको विकास निर्माण र प्रशासनिक काममा केही सुधार आएको उनको मूल्यांकन छ ।

सुशासन र पारदर्शितालाई प्राथमिकता

श्रेष्ठले आफ्नो कार्यकालमा आर्थिक प्रशासनलाई पारदर्शी बनाउने, बेरुजु न्यूनीकरण गर्ने र सेवा प्रवाहलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताए । गाउँपालिकाले असल अभ्यासका क्षेत्रमा जिल्लामै प्रथम भएर पुरस्कारसमेत प्राप्त गरेको उनले उल्लेख गरे । आर्थिक वर्ष २०८१÷८२ को बेरुजुसम्बन्धी अन्तिम प्रतिवेदनमा बेरुजु देखिए पनि त्यसलाई फछ्र्योट गरेर शून्यमा झारिएको उनको दाबी छ । यसलाई उनले प्रशासनिक क्षमता अभिवृद्धि र सुशासन प्रवद्र्धनको उपलब्धिका रूपमा प्रस्तुत गरे । उनका अनुसार यस्ता उपलब्धि कुनै एक कर्मचारीको प्रयासबाट मात्र सम्भव हुँदैनन् । जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, एकअर्काप्रतिको विश्वास र समस्या पर्दा मिलेर समाधान खोज्ने अभ्यासले गाउँपालिकालाई अघि बढाउन मद्दत गरेको छ ।

“कर्मचारी र जनप्रतिनिधिबीच राम्रो समन्वय भयो । हामीलाई अप्ठ्यारो पर्दा जनप्रतिनिधिसँग सहयोग माग्यौँ, उहाँहरूले सहयोग गर्नुभयो । हामीले पनि आफ्नो क्षमता र समयले भ्याएसम्म समन्वय गरेर समस्याहरू समाधान गर्दै सेवा प्रवाह गर्‍यौँ,” श्रेष्ठले आफ्नो अनुभव सुनाए ।

उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई पनि यही सहकार्यको संस्कार कायम राख्न आग्रह गरे । प्रशासनिक र राजनीतिक नेतृत्वबीच विवाद नभई समझदारी कायम हुनु स्थानीय तहको सफलताको महत्त्वपूर्ण आधार भएको उनको बुझाइ छ ।

‘नागरिकलाई हुँदैन मात्रै नभन्नुहोस्’

श्रेष्ठको अनुभवमा सरकारी सेवामा सबैभन्दा महत्त्वपूर्ण पक्ष नागरिकसँग गरिने व्यवहार हो । नागरिकले कुनै काम लिएर कार्यालयमा आउँदा केही काम विभिन्न कारणले गर्न नसकिने किसिमका हुने र त्यस्ता कामलाई कर्मचारीले सीधै ‘हुँदैन’ भन्नुभन्दा किन हुँदैन भन्ने कुरा बुझाउन सक्नुपर्ने उनको भनाइ छ । “हाम्रो कर्तव्य भनेको नागरिकलाई सेवा दिने हो । गाँठो फुकाउन मिल्छ भने फुकाइदिनुपर्छ । मिल्दैन भने पनि यो कारणले हुँदैन भनेर स्पष्ट पार्नुपर्छ । खाली ‘हुँदैन’ मात्रै भनियो भने नागरिकले आफ्नो काम किन भएन भन्ने जवाफ पाउँदैन,” उनले भने ।

कानुनी सीमाभित्र रहेर नागरिकलाई सहज सेवा दिनु कर्मचारीको जिम्मेवारी भएको उल्लेख गर्दै उनले निर्णय गर्न डराउने प्रवृत्तिले सेवा प्रवाह प्रभावित हुन सक्ने बताए । नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने, उनीहरूको समस्या सुन्ने र सम्भव भएसम्म समाधान खोज्ने संस्कार स्थानीय तहमा अझ महत्त्वपूर्ण हुने उनको धारणा छ । उनले स्थानीय तहका कर्मचारी प्रत्यक्ष रूपमा नागरिकसँग जोडिने भएकाले उनीहरूको व्यवहारले सरकारप्रतिको धारणा निर्माण गर्ने बताए । माथिल्ला तहका सरकारी कार्यालयको तुलनामा स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष सम्पर्क र सेवा प्रदान गर्ने अवसर बढी हुने भएकाले त्यसलाई सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीच दुईपक्षीय जवाफदेहिता आवश्यक रहेको पनि औँल्याए । कार्यालयमा हुने कार्यक्रम तथा गतिविधिबारे जनप्रतिनिधिलाई जानकारी गराउने, आवश्यकताअनुसार सहभागी गराउने र प्रशासनिक निर्णय गर्दा सम्बन्धित पक्षसँग समन्वय गर्ने हो भने कामप्रति सबैको अपनत्व बढ्ने उनले बताए । 

विकास निर्माणमा समन्वय र सहकार्य

सुनापति गाउँपालिकामा प्रत्येक आर्थिक वर्षको लागि तयार हुने नीति तथा कार्यक्रम र बजेटको सिममा रहेर गाउँपालिका भित्रका नागरिकको माग अनुसार तयार भएका विकासका योजनालाई पनि आफ्नो कार्यकालमा पुरा गरेको भनाइ उनले राखे । उनले नागरिकका आवश्यकता र प्राथमिकतालाई मुख्य आधार बनाएर तयार गरिएका योजना र विकास निर्माणको कामलाई पारदर्शी र गुणस्तरीय बनाउन गाउँपालिका सफल भएको बताउँदै आगामी दिनमा पनि त्यस्ता कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । विकास निर्माणमा स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुबीचमा समन्वय र सहकार्य गर्न सके धेरै नतिजा निकाल्न सकिने उनेको अनुभव छ ।

बालमैत्री घोषणा र पर्यटन महोत्सव मुख्य लक्ष्य

सुनापती गाउँपालिकाले आगामी दिनमा अघि बढाउनुपर्ने योजनाबारे चर्चा गर्दै श्रेष्ठले बालमैत्री स्थानीय शासन घोषणा र पर्यटन महोत्सवलाई महत्त्वपूर्ण लक्ष्यका रूपमा प्रस्तुत गरे । उनले गाउँपालिकाले वडा नं. ४ लाई कात्तिक १७ गते, अन्य वडालाई मङ्सिर २ गते र समग्र गाउँपालिकालाई मङ्सिर २६ गते बालमैत्री घोषणा गर्ने लक्ष्य निर्धारण गरेको बताउँदै निर्धारित समयमा घोषणा सम्पन्न गर्न कर्मचारी र जनप्रतिनिधिबीच प्रभावकारी समन्वय आवश्यक रहेको भनाइ राखे । त्यस्तै, सुनापती डाँडामा निर्माण गरिएका १०८ लहरे माने र शिवमूर्तिलाई पर्यटन विकासको सम्भावनासँग जोड्दै उनले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्ने बताए । बौद्ध र हिन्दु धर्मबीचको धार्मिक सहिष्णुता झल्काउने यी संरचनालाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सके सुनापतीलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने उनको विश्वास छ ।

गाउँपालिकाले मङ्सिर २५ गतेदेखि पर्यटन महोत्सव आयोजना गर्ने लक्ष्य लिएको उल्लेख गर्दै श्रेष्ठले महोत्सवले सुनापतीको पहिचान विस्तार गर्न र स्थानीय नागरिकका लागि आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताए । यसका लागि गठित समितिहरूलाई सक्रिय बनाएर जिम्मेवारीअनुसार काम गर्न उनले आग्रह गरे ।

जिल्लाको अपनत्व, जहाँ गए पनि आफ्नै ठाउँ

रामेछाप जिल्लाकै बासिन्दा भएका कारण जिल्लाका कुनै पनि स्थानीय तहले प्रगति गर्दा आफूलाई खुसी लाग्ने श्रेष्ठले बताए । तर, कर्मचारीले आफ्नो गृहजिल्लामा मात्र होइन, जहाँ जिम्मेवारी पाउँछन् त्यही ठाउँलाई आफ्नै ठानेर काम गर्नुपर्ने उनको धारणा छ । शिक्षकका रूपमा काम गर्दाको अनुभव स्मरण गर्दै उनले विद्यार्थीसँग र अभिभावकसँग प्रत्यक्ष जोडिएर काम गर्दा प्राप्त हुने सन्तुष्टि सरकारी सेवामा पनि नागरिकलाई राम्रो सेवा दिँदा अनुभव गर्न सकिने बताए । नागरिकको समस्या समाधान गर्न पाउँदा प्राप्त हुने खुसी नै सार्वजनिक सेवाको महत्त्वपूर्ण पक्ष भएको उनले उल्लेख गरे ।

आफ्नो कार्यकालमा कर्मचारीहरूलाई निर्देशन दिने क्रममा कहिलेकाहीँ कडा व्यवहार भएको हुन सक्ने स्वीकार गर्दै श्रेष्ठले त्यसबाट कसैको चित्त दुखेको भए बिर्सिदिन आग्रह गरे । आफूले तीता क्षणलाई बिर्सिएर मीठा अनुभवलाई साथमा राख्ने गरेको बताउँदै उनले सुनापती गाउँपालिका तिता अनुभवलाई यतै छोड्ने, राम्रा र मिठा अनुभवलाई आगामी कार्यस्थलमा प्रयोग गर्ने भनाइ राखे । 

उनले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाह, पारदर्शिता र सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै सुनापती गाउँपालिकाको विकास र सुशासनका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने सन्देश दिए । श्रेष्ठका लागि सुनापतीको कार्यकाल एउटा जिम्मेवारी पूरा गरेर अर्को ठाउँ जाने प्रशासनिक प्रक्रियामा मात्र सीमित छैन । यो सहकार्यबाट उपलब्धि हासिल गर्न सकिन्छ, नागरिकलाई राम्रो सेवा दिनु नै सार्वजनिक सेवाको वास्तविक सन्तुष्टि हो र तीता अनुभवभन्दा सकारात्मक सम्बन्धलाई महत्त्व दिनुपर्छ भन्ने अनुभव बोकेर बिदा हुने अवसर पनि उनले प्राप्त गरेका छन् ।

Related Posts

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper