
रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो काठमाण्डौंबाट रामेछापको रामपुर हिडेको ८७५१ नम्बरको यात्रुबाहक बसको ढोकाबाट खस्दा यात्रु सविता खड्का घाइते भएकी हुन् ।




रामेछाप नगरपालिकाको वडा नं ९ स्थित भिमेश्वर आविमा अध्ययनरत शिक्षक खड्का घाइते भएपछि तत्काल उद्धार गरेर रामेछाप अस्पताल उपचारको लागि लगिएको र उनको उपचार भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको अनुहारमा चोट लागेको र हाल बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।

















