Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि रामेछापको गोकुलगंगा गाउँपालिकाले २२ लाख ६ हजार ५ सय ७० रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाको मिति २०८३ भदौ १४ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी संयुक्त विज्ञप्ति अनुसार उक्त सहयोग रकम जुटाउन गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ तथा सम्पूर्ण जनप्रतिनिधिहरूको मासिक पारिश्रमिकको १० प्रतिशत बराबर हुन आउने ३९ हजार ३ सय ५० रुपैयाँ उपलब्ध गराइनेछ । यसैगरी, गाउँपालिका भूगोलभित्र कार्यरत अधिकृतस्तरका कर्मचारी र उ.मा.वि./मा.वि. तहका शिक्षकहरूको ७ दिनको तलब बराबर ५ लाख ६० हजार १ सय ५० रुपैयाँ, सहायकस्तरका कर्मचारी तथा नि.मा.वि./प्रा.वि. तहका शिक्षकहरूको ५ दिनको तलब बराबर १३ लाख ७५ हजार २ सय ९० रुपैयाँ र श्रेणीविहीन कर्मचारीसहित विद्यालयका कार्यालय सहयोगी, बाल सहायक तथा लेखा कर्मचारीहरूको २ दिनको तलब बराबर हुन आउने १ लाख ३१ हजार ७ सय ८० रुपैयाँ कट्टी गरी जम्मा गरिने भएको छ ।

यसैबीच, रोजगारी तथा विभिन्न कामका सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेर हालसम्म सम्पर्कविहीन रहेका गोकुलगंगा गाउँपालिकाका नागरिकहरूको खोजतलास कार्य सहज बनाउन पीडित परिवारलाई तत्काल प्रति परिवार २५ हजार रुपैयाँका दरले खर्च उपलब्ध गराइने निर्णय समेत गाउँपालिकाले गरेको छ । हालसम्मको जानकारी अनुसार सम्पर्कविहीन हुनेहरूमा बेतालीका ईश्वर बहादुर खड्का (कुमार), लिल बहादुर वि.क. (राजु), सुरज श्रेष्ठ तथा रस्नालुका सम्राट शेर्पा (प्रहरी) लगायत रहेका छन् । उनीहरूको खोजी कार्यलाई तीव्र बनाउन गाउँपालिकाले सम्बन्धित निकायहरूसँग अनुरोध गरेको छ ।

प्राकृतिक विपद्को यस कठिन घडीमा गाउँपालिकाले सबै तहका सरकार, सुरक्षा निकाय, सञ्चार जगत् र नागरिक समाजलाई एकीकृत रूपमा राहत, उद्धार र पुनःस्थापनामा जुट्न अपिल गर्दै आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

Related Posts

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper