

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम थापाले आर्थिक सहयोग गरेका छन् । थापाले सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख ११ हजार रुपैयाँ रकम जम्मा गरेरे बाढी प्रभावितहरुका लागि सहयोग गरेको हुन् ।



भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने भन्दै यसअघि सरकारले सबैसँग सहयोगको अपिले गरेको थियो । सरकारले गरेको अपिललाई समेत ध्यानमा राखेर बाढी प्रभावितहरुलाई सहयोग पुर्याउने उद्देश्यले व्यवसायी थापाले आफू संचालक रहेको जि.एस. मार्केटिङ प्रालि मार्फत आर्थिक सहयोग गरेका हुन् ।
रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै यसअघि पनि विभिन्न प्राकृतिक विपत्ति, प्रकोप तथा सामाजिक कार्यमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

















