Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते दुई दिनसम्म सम्पन्न “प्रथम बागमती प्रदेशस्तरीय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८२” सम्पन्न भएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका १५ विद्यालयका कुल २२८ खेलाडीले २५, ३०, ३५, ४०, ४५ र ५० केजी तौल समूहमा पुरुष तथा महिला स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुषतर्फ ५० केजीमा निगमल तामाङ (बाणिविलास मावि), ४५ केजीमा प्रज्ञा पाण्डे (गोलढुंगा स्कुल), ४० केजीमा प्रतिक तामाङ (गोलढुंगा), ३५ केजीमा प्रदिप ठोकर (बाणिविलास), ३० केजीमा प्रयास तामाङ (गोलढुंगा) र २५ केजीमा सिमन गुरुङ (गोलढुंगा) विजयी भए ।

महिलातर्फ ५० केजीमा विधा तामाङ (शाइनिङ स्कुल), ४५ केजीमा सन्तोषी शिवाकोटी (आशा शिक्षा सदन), ४० केजीमा आकृति पौडेल (शान्तिदिप), ३५ केजीमा स्नेहा श्रेष्ठ (शाइनिङ), ३० केजीमा युनिशा तामाङ (शाइनिङ) र २५ केजीमा जेसी रुम्बा (ओम स्कुल) स्वर्ण विजेता बने ।

पुरुषतर्फ सफल थामी, संयोग जर्का मगर, महेश तामाङ, सोहन महर्जन, आदित्य कोईराला र आदेश तामाङ तथा महिलातर्फ दिव्याना जोशी, आशा चदरा, प्रकृति लिगल, शुशिला खत्री, प्रनिशा तामाङ र सुदृष्टि सापकोटा रजत पदक विजेता बने ।

पुरुषतर्फ खुमबहादुर थामी, मन्जिल विष्ट, विजय विक, प्रतिक बानिया, समल लिम्बु र रिवान मास्के तथा महिलातर्फ अक्क्षेता पाण्डे, जमुना तामाङ, निशा विष्ट, आबकति चदरा, सुप्रिया खड्का र देवान्सी थापा कास्य पदक विजेता भए । अर्को समूहमा राजा केवत, मनिष घिमिरे, जोविन बजगाई, शिशिर लिम्बु, दिपेश थापा र स्पर्श ढुंगेल तथा महिलातर्फ जेशिका प्रधान, आरोही थापा, विधि घिमिरे, अबिना स्यांताङ र आषुतोष बादेले पनि कास्य जिते । प्रतियोगितामा शाइनिङ स्कुलकी स्रेया सुलु र काभ्रे सेकेन्डरी स्कुलकी आरुशी फुयाल ‘बेस्ट फाइटर’ घोषित भए ।

प्रतियोगिता सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यमा तथा संघका केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न  भएको थियो । विशेष अतिथिमा पूर्व जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा नगर खेलकुद सदस्य सचिव दीपक थापा, आशा फर चिल्ड्रेनका अध्यक्ष सुश्मा बज्राचार्य, उपाध्यक्ष डा. स्वयम प्रकाश श्रेष्ठ, कोषाध्यक्ष बिन्दुसागर शाक्य, सदस्य उदयहर्ष बज्राचार्य, सदस्य प्रमिला लामिछाने तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोपाल श्रेष्ठ सहभागी थिए । कार्यक्रममा रोम्बस स्कुलका प्रिन्सिपल राजेन्द्र कोजु अतिथि थिए भने स्वागत मन्तव्य आशा शिक्षा सदनकी सहायक प्रिन्सिपल सृजना तामाङले व्यक्त गरेकी थिइन् ।

समापन समारोहमा अध्यक्ष अशोक कुमार श्रेष्ठ र अध्यक्ष सुश्मा बज्राचार्यले विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताको मुख्य जुरीमा अशोक कुमार श्रेष्ठ, सहायक जुरीमा राजेन्द्र थापा तथा निर्णायकमा विशाल बल, प्रकाश तामाङ, सन्तोष गुप्ता, बुद्ध तामाङ, राजकुमार बल, सम्पूर्ण महर्जन र एन्जिला श्रेष्ठ रहेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper