Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप अस्पतालमा हड्डी भाँचिएको केसको पहिलो पटक सफल शल्यक्रिया

संवादाताः रामचन्द्र वि.क.
पुस ७, २०८२

रामेछाप- रामेछाप अस्पतालमा पहिलो पटक हड्डी भाँचिएको विरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको भएको छ । अस्पतालमै अर्थोपेडिक विशेषज्ञसहितको टिमले एकै दिन दुई वटा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेसँगै जिल्लामै हड्डीसम्बन्धी उपचार सेवाको औपचारिक सुरुवात भएको छ । अस्पताल स्रोतका अनुसार शल्यक्रियाअन्तर्गत ६३ वर्षीया महिलाको खुट्टाको हड्डी भाँचिएको (Distal Fibula Fracture) अवस्थामा स्टिल प्लेट हाल्ने शल्यक्रिया (ORIF with Plating) गरिएको हो यसैगरी ३५ वर्षीया महिलाको पहिल्यै राखिएको रड निकाल्ने (Femur Nail Removal) शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालका मे.सु सागर जर्घामगरले बताए ।

शल्यक्रिया अर्थोपेडिक सर्जन मे.सु. डा. सागर जर्घामगर र अर्थोपेडिक सर्जन डा. नवीन कुमार यादवको नेतृत्वमा सम्पन्न भएको बताइएको छ । शल्यक्रियामा एनेस्थेसिया टेक्निसियन राजेश यादव, स्क्रब नर्स समिक्षा थापा तथा अन्य स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता शल्यक्रिया सम्पन्न भएको डा जर्घामगरले बताए ।

यसअघि हड्डी भाँचिने जस्ता केसमा रामेछापका बिरामीहरूलाई काठमाण्डौंका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता थियो । जसका कारण बिरामी र आफन्तले आर्थिक, मानसिक तथा समयको ठूलो भार बेहोर्नु परिरहेको थियो । अब भने जिल्लामै यस्ता शल्यक्रिया सेवा सुरु भएसँगै बिरामीलाई सहज, सुलभ र किफायती उपचार उपलब्ध हुने विश्वास लिइएको छ ।

अस्पतालले यो सफल शल्यक्रियालाई रामेछाप अस्पतालमा विशेषज्ञ सेवाको विस्तारतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएको छ । अर्थोपेडिक (हड्डीसम्बन्धी) बाहिरङ्ग सेवा र शल्यक्रिया सेवा दुबैलाई चरणबद्ध रूपमा अझ प्रभावकारी बनाउँदै लैजाने तयारी भइरहेको रामेछाप अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष यमकुमार पाख्रिनले बताए । अध्यक्ष तामाङले भविष्यमा दुर्घटना, हड्डी भाँचिने, जोर्नीसम्बन्धी समस्या तथा अन्य अर्थोपेडिक केसहरूको उपचार जिल्लामै सम्भव हुने वातावरण बनाउने लक्ष्य लिइएको बताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper