Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिट्टिल स्टार इङ्गलिस स्कुल रामेछापलाई पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

संवादाताः कैलाश खत्री
अशोज २८, २०८२

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुललाई पहिलो अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) प्राप्त भएको छ । जिल्लाकै पहिलो नीजि विद्यालयको रुपमा स्थापित लिट्टिल स्टार इङ्गलिस स्कुललाई मंगलबार विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेशनद्वारा आयोजित मलेसियाको राजधानी कोलालाम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त भएको हो ।

स्कुललाई उक्त अवार्ड लिनकन युनिभर्सिटी मलेशियाको सिईयो डा. मोहमद यूसोफ (CEO – Dr. Mahad Yusoff) प्रमुख डा. अमिया भूमिक (President – Dr. Amiya Bhaumik) लगायत अन्य विभिन्न देशका शैक्षिक व्यक्तिहरु प्रदान गरेका थिए ।

२०५२ सालमा स्थापना भएदेखि ग्रामिण क्षेत्रमा अंग्रेजी भाषा र सर्वोत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै शिक्षा क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको बताइएको छ । पूर्वी एसियाली देशहरुको भ्रमणमा रहेका स्कुलका प्रधानाध्यापक रमेश फुयाल र लेखा प्रमुख विनिता सुवेदीले स्कुललाई प्राप्त सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) ग्रहण गरेका थिए ।

त्यस्तै सोही कार्यक्रमको अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक हस्तबहादुर लामा इनोभेटिभ भाइस प्रिन्सिपल अवार्डबाट (Innovative Vice Principal Award) सम्मानित भएका छन् । सहायक प्रधानाध्यापक लामाले ग्रामिण क्षेत्रको अंग्रेजी भाषाको माध्यमबाट लामो समयदेखि शिक्षण सेवा मार्फत नयाँ–नयाँ प्रयोग र विद्यार्थी नेतृत्व विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अन्तराष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यूएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको छ ।

अन्तराष्ट्रिय अवार्ड प्राप्त भएपछि स्कुलका संचालक समेत रहेका प्रधानाध्यापक रमेश फुयालले खुसी व्यक्त गर्दै स्कुललाई  अवार्डका लागि योग्य बनाउन स्थापना कालदेखि योगदान तथा सहयोग गर्ने पूर्व स्कुल सञ्चालकहरु, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा जिल्लाको समग्र शैक्षिक गुणस्तरमा जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले आयोजकलाई पनि धन्यवाद दिएका थिए ।

उक्त अवार्ड ग्रहण गर्नका लागि विद्यालयका प्रधानाध्यापक रमेश फुयाँल सहितको टोली केही दिन अघि थाइल्यान्ड, सिंगापुर हुँदै मलेसिया गएका थिए । पछिल्लो समय लिट्टिल स्टार इङ्गलिस स्कुलले पठनपाठनका साथै अतिरिक्त विभिन्न क्रियाकलापमा अब्बलता प्रस्तुत गरेपछि उक्त्त अवार्ड प्रदान गरिएको आयोजकको ठहर रहेको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper