Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८२

रामेछाप- रामेछापको गोकुगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लाका ८ स्थानीय तह मध्ये गोकुलगंगा गाउँपालिका ८२ अंक प्राप्त गर्दै प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा गोकुलगंगा गाउँपालिकाले ४६ अंक मात्रै पाएको थियो । उक्त अंक सुधार गर्दै यो वर्ष जिल्लाका सबै स्थानीय तहलाई पछि पार्दै प्रथम भएको छ ।

त्यस्तै मन्थली नगरपालिकाले ८१.२५ अंक प्राप्त गरेको छ । ८ स्थानीय तह मध्ये मन्थली नगरपालिका दोस्रो भएको छ । यो वर्ष दोस्रो भएको मन्थली नगरपालिकाको अघिल्लो वर्ष अर्थात् २०७९/०८० मा ७४.५० अंक मात्रै पाएको थियो । अघिल्लो वर्षको तुलनामा मन्थलीले यो वर्ष पनि आफ्नो अंकमा सुधार गरेको छ ।

स्वमूल्यांकनमा सुनापति गाउँपालिका ७९.५० अंक प्राप्त गरेको छ । उक्त अंक अनुसार सुनापति गाउँपालिका अन्य स्थानीयत तहको तुलनामा तेस्रो भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ७४.२५ अंक प्राप्त गरेको सुनापतिले यो वर्ष स्वमूल्यांकनमा आफूले पाउने अंकमा सुधार गरेको छ ।

रामेछाप नगरपालिकाले ६६.५० अंक प्राप्त गरेको छ । अन्य स्थानीय तहले प्राप्त गरेको अंकलाई तुलना गर्दा रामेछाप नगरपालिका चौथो भएको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७९/०८० मा ७१.५० अंक पाएको रामेछाप नगरपालिकाले यो वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा ६६.५० अंक मात्रै पाएको छ । अघिल्लो वर्षको तुलनामा रामेछाप नगरपालिकाले यो वर्ष कम अंक पाएको छ ।

उमाकुण्ड गाउँपालिकाले पनि आर्थिक वर्ष २०७९/०८० मा पाएको अंक भन्दा कम अंक पाएको छ ।  आर्थिक वर्ष २०७९/०८० मा पाएको अंक ७० अंक पाएको उमाकुण्डले आर्थिक वर्ष वर्ष २०८०/०८१ मा ६३ अंक मात्रै पाएको छ । यो वर्ष पाएको अंकलाई अन्य स्थानीय तहसँग तुलना गर्दा उमाकुण्ड गाउँपालिका पाँचौँ स्थानमा पुगेको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिकाले ६२.७५ अंक पाएको छ । खाँडादेवीको अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा पाएको अंक भन्दा यो वर्ष वृद्धि भएको छ । अन्य स्थानीय तहसँग तुलना गर्दा खाँडादेवी गाउँपालिका छैठौँ स्थानमा देखिएको छ ।

जिल्लाको अर्को गाउँपालिका लिखुतामाकोशीले ५६ अंक प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा लिखुतामाकोशीले आफूले पाएको अंकमा सुधार गर्न सफल भएको छ । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा लिखुतामाकोशी गाउँपालिकाले ४७.७५ अंक मात्रै पाएको थियो । ८ स्थानीय तहसँग तुलना गर्दा लिखुतामाकोशी गाउँपालिका सातौ स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ६१.२५ अंक पाएको दोरम्बा शैलुङ्ग गाउँपालिकाको यो वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ नतिजामा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा गाउँपालिकाको नाम नै समावेश गरिएको छैन ।

हामी हाम्रो काममा निरन्तर छौँ, यस्ता नतिजाले थप ऊर्जा प्राप्त हुन्छ– अध्यक्ष खड्का

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै प्रथम भएपछि गोकुगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले आफूहरूले गरेको कामको सही मूल्याङ्कन भएको प्रतिक्रिया दिएका छन् । “हामी हाम्रो काममा निरन्तर छौँ, त्यही कामको मूल्याङ्कन भएको हो । यसले हामीलाई थप ऊर्जा प्राप्त भएको छ, अध्यक्ष खड्काले भने ।”

सुशासन, पारदर्शिता र जबाफदेहीता जस्ता मुख्य विषयलाई प्राथमिकतामा राखेर नागरिकका अपेक्षालाई पुरा गरेको नतिजा प्राप्त हुँदै गएको अध्यक्ष खड्काको भनाई रहेको छ । अघिल्लो वर्षको नतिजा भन्दा थप सुधार गर्ने गरी नागरिकका अपेक्षालाई पुरा गर्दै जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला सबै लागेको कारण यो नतिजा प्राप्त भएको उनको भनाइ रहेको छ ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयगत क्षेत्रहरू छन् । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper