Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

संवादाताः हाम्रो प्रहार
असार २४, २०८२

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । संघका कार्यवाहक अध्यक्ष तुल बहादुर विश्वकर्मा ‘कृष्ण’ को नेतृत्वमा आयोजित धर्नामा सहभागीहरूले कर कार्यालय प्रमुख कृष्ण आचार्यलाई औपचारिक रूपमा आफ्ना मागहरू बुझाउँदै कार्यालयको मूल गेट अगाडि करिब ४५ मिनेटसम्म धर्ना बसेका थिए । आन्दोलनका कारण कार्यालयको नियमित कामकाज प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी कालीगढ तथा संघर्ष समितिका सचिव सिताराम लोहारले जानकारी बताए ।

संघले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनचाँदी व्यवसायमाथि लागू गरिएको ६ प्रतिशत विलासिता करलगायतका अन्य करप्रति आपत्ति जनाउँदै त्यसको खारेजीको माग गर्दै आएको छ । व्यवसायीहरूका अनुसार यस्तो करले उपभोक्तामाथि प्रत्यक्ष असर पर्नुको साथै व्यवसाय धराशायी बनाउने खतरा रहेको छ।

संघले माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ । कार्यवाहक अध्यक्ष विश्वकर्माका अनुसार साउन १ गतेदेखि संघको केन्द्रीय निर्देशनअनुसार नयाँ चरणको संघर्ष कार्यक्रम सुरु गरिने छ ।
आन्दोलन अन्तर्गत जिल्लाका सबै सुनचाँदी पसल र साना उद्योगहरू अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । व्यवसायीहरू सडकमा उत्रिएपछि सेवाग्राहीहरू आवश्यक सामग्री नपाएर समस्यामा परेका छन् । नियमित आर्थिक गतिविधि प्रभावित भएपछि स्थानीय बजारमै चहलपहलमा गिरावट आएको छ । संघले सरकारसँग तत्काल संवादमा बस्न र कर नीतिमा पुनर्विचार गर्न आग्रह गर्दै आन्दोलन थप सशक्त बनाउने चेतावनी दिइरहेको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper