Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

विश्व दुध दिवसमा वक्तृत्वकला प्रतियोगिता, लिटिल स्टारकी छात्रा स्मृति घिमिरे प्रथम

संवादाताः हाम्रो प्रहार
जेष्ठ १९, २०८२

रामेछाप- विश्व दुध दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा लिटिल मास्टर अंग्रेजी स्कुलकी छात्रा स्मृति घिमिरे प्रथम भएकी छिन् । जिल्ला कृषि सहकारी संघ रामेछापको आयोजनामा आइतबार भएको ‘दुधको उत्पादन देखि उपभोग सम्म, चुनौती र अवसरहरू’ विषयक प्रतियोगितामा घिमिरेले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा तामाकोशी अंग्रेजी स्कुलकी छात्रा आरधना आचार्य द्वितीय, मन्थली माविकी छात्रा सुष्मा नेवार तृतीय र नागकन्या माविकी छात्रा रोणिका माझी सान्त्वना भएकी छिन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार स्वरूप शैक्षिक सामग्री सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

दुग्धजन्य पदार्थको उत्पादन र व्यवस्थापनमा नगरले सहयोग गर्छ- नगर प्रमुख श्रेष्ठ

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले दुग्धजन्य पदार्थको उत्पादन र व्यवस्थापनमा आवश्यक पर्ने उपकरण लगायतमा किसानको समेत लगानी हुने गरी नगरपालिकाले ७० प्रतिशत सम्म अनुदान लगानी गर्न तयार तत्पर रहेको भनाइ राखे ।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघ रामेछापका कोषाध्यक्ष समेत रहेका नेपाल डेरी एसोसिएसन रामेछापका अध्यक्ष भानुभक्त श्रेष्ठले दुध उत्पादन, व्यवस्थापन र बजारीकरणको बारेमा अवधारणा प्रस्तुत गरेका थिए ।

जिल्ला कृषि सहकारी संघ रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ, उपभोक्ता मञ्च नेपाल रामेछापका अध्यक्ष रामचन्द्र कडेल, मन्थली दुग्ध सहकारी संस्था अध्यक्ष ध्रुव थापा, पहाडी समाज कल्याणका अध्यक्ष रत्न प्रसाद कँडेल, नेपाल डेरी एसोसिएसन रामेछापका सचिव किशोर पौडेल लगायतले दुध उत्पादन गर्ने किसानको समस्या, दुग्धजन्य वस्तुको व्यवस्थापन र बजारीकरण देखिएका समस्या र चुनौतीका बारेमा आ-आफ्नो धारणा राखेका थिए

जिल्ला कृषि सहकारी संघ रामेछापका अध्यक्ष कुमार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला कृषि सहकारी संघले रामेछाप जिल्लामा उत्पादित कृषिजन्य वस्तुको संकलन तथा बजारीकरण गर्नको लागि स्थानीय सरकार र कृषकहरू सँग समन्वय, सहकार्य र एकताका साथ काम प्रतिबद्धता जनाए ।

जिल्ला कृषि सहकारी संघले रामेछापको आयोजना, नेपाल डेरी एसोसिएसन रामेछाप, रामेछाप डेरी उद्योग, अमृत दुग्ध डेरी र चिरञ्जीवी डेरी उद्योग रामेछापको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको जिल्ला कृषि सहकारी रामेछापका सचिव सुन्दर घिमिरेले बताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper