Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरको प्रगति: आठ महिनामा ३३ प्रतिशत खर्च, सार्वजनिक सुनुवाइमा नागरिकका गुनासा

संवादाताः हाम्रो प्रहार
चैत्र १०, २०८१

रामेछाप– चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म रामेछाप नगरपालिकाले ३३.९१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले प्रस्तुत गरेको आर्थिक प्रगति विवरण अनुसार चालु खर्च ४४.०९ प्रतिशत र पूँजीगत खर्च १३.४५ प्रतिशत रहेको छ।
प्रमुख प्रशासकीय अधिकृत चापागाईंले नगरपालिकाको योजनाहरू हाल कार्यान्वयन प्रक्रियामै रहेकाले खर्च न्यून देखिएको बताए। उनले केही प्रमुख समस्याहरूमा योजना व्यवस्थापनमा चुनौती, आन्तरिक आम्दानी वृद्धिमा सुस्तता, कानुनी प्रक्रियाको बेवास्ता, वितरणमुखी कार्यक्रमको बढी प्राथमिकता, संघ तथा प्रदेश सरकारले समयमा बजेट नपठाउनु, समन्वय र सहकार्यको अभाव लगायतका बुँदा उल्लेख गरेका छन् ।

कार्यक्रममा स्थानीयले नगरपालिकाको योजना कार्यान्वयन प्रक्रियामा विभिन्न प्रश्न उठाएका थिए। रामेछाप–६ का नारायण बाबु श्रेष्ठले नगरपालिकाले विभिन्न योजना सञ्चालन गरे पनि ती योजना सम्पन्न भएपछि सार्वजनिक सुनुवाइ नगरिएको भन्दै असन्तुष्टि जनाए। उनले भने, “वडा र नगरपालिकाबाट बिनियोजन भएका योजना पूरा भएपछि नागरिकलाई जानकारी गराउने कार्यक्रम हुनुपर्छ। तर, त्यस्तो सार्वजनिक सुनुवाइ किन गरिदैन?”

त्यस्तै स्थानीय जयबहादुर बस्नेतले विकास निर्माणका क्रममा नागरिकले भोग्नुपरेका समस्याहरू उठाए। उनले गाउँमाथि बाटो निर्माण भएपछि बस्तीमा भल पस्ने समस्या आएको उल्लेख गर्दै भने, “यदि भल रोक्ने उचित व्यवस्था नगरिए ठूला क्षति हुन सक्छ। नगरपालिकाले यसलाई तुरुन्त सम्बोधन गर्नुपर्छ, नत्र बाध्य भएर सडक अवरुद्ध गर्नुपर्ने स्थिति आउन सक्छ।”

स्थानीयको गुनासालाई जवाफ दिँदै नगर प्रमुख लवश्री न्यौपानेले नगरस्तरमा भएका कमजोरी सुधार्दै जाने प्रतिबद्धता जनाए। उनले नागरिकले उठाएका सवाल गम्भीर भएको उल्लेख गर्दै भने, “विकास योजनाहरू प्रभावकारी बनाउन वडास्तरबाट नै सुधारको प्रक्रिया अघि बढाउँछौं। आगामी दिनमा योजना व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाइनेछ।”
उनले पूँजीगत खर्च न्यून हुनुका कारण बजेट ढिलो प्राप्त हुनु, ठेक्का प्रक्रियामा ढिलाइ हुनु लगायतका समस्या रहेको बताइए। नगरपालिकाले अबदेखि समयमै बजेट व्यवस्थापन र कार्यान्वयन गर्न विशेष योजना बनाउने उनको भनाइ थियो।

कार्यक्रममा नागरिक तथा विभिन्न राजनीतिक दलका प्रमुखहरुले उठाएका विभिन्न प्रश्न र जिज्ञसाको जबाफ नगर उपप्रमुख बाल कुमारी कार्की थापा, नगर प्रबक्ता एवं वडा नं. ७ का वडाध्यक्ष समिर कार्की, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, लगायत विभिन्न शाखाका प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुखहरू, नेपाल पत्रकार महासंघका अध्यक्ष, जिल्ला समन्वय समितिका शाखा अधिकृत, जेष्ठ नागरिकका प्रतिनिधिहरू लगायतले आफ्नो भनाइ राखेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper