Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कुवुकास्थली जातिय विभेद घट्ना प्रकरण: मिलापत्र गर्नेलाई कारवाहीको माग

संवादाताः हाम्रो प्रहार
चैत्र १, २०८१

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि भएको जातीय विभेदको घटनामा गरिएको अवैधानिक मिलापत्रको विषयलाई लिएर जिल्लाका तीन राजनीतिक दलका दलित संघसंगठनले आपत्ति जनाएका छन् ।

फागुन २४ गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीस्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुगेकी वडा सदस्य शर्मिला नेपालीसहित अन्य दलित महिलाहरूलाई स्थानीय करिब ५२ वर्षीय छोक्पा शेर्पाले जातीय आधारमा विभेद गरी छुट्टै बस्न तथा छुट्टै खान बाध्य पारेकी थिइन् । वडा सदस्य नेपालीसहित अन्य ४ जना महिलाहरुले भोलिपल्ट फागुन २५ गते आफूहरु माथि विभेद भएको भन्दै कारबाहीको माग गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिएका थिए ।

भोलिपल्ट २६ गते वडाले दुवै पक्षलाई बोलाएर छलफल गराई मिलापत्र गराएको थियो । सोही घटनालाई लिएर विहिबार नेपाली काँग्रेस दल निकट नेपाल दलित संघ, रामेछापका सभापति बल बहादुर दमाई, नेकपा एमाले दल निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज रामेछापका उपाध्यक्ष कुल बहादुर रोका र नेकपा माओवादी केन्द्र दल निकट नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका अध्यक्ष सिताराम मुङ्गरातीले संयुक्त विज्ञप्ती जारी गरेर आपत्ति जनाएका हुन् । जातीय विभेद जस्तो सरकारवादी मुद्दामा मेलमिलापत्र गराएको घटनाले न्यायिक प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराध मानेको र सरकावादी फौजदारी मुद्दामा मिलापत्र गर्न नपाइने स्पष्ट कानूनी प्रावधान हुँदाहुँदै पनि जातीय विभेदको घटनालाई कानूनी कारबाही प्रक्रिया मार्फत अगाडि बढाउनु पर्नेमा त्यसो नगरी सम्बन्धित वडा तहका जनप्रतिनिधिको रोहवरमा (वडाध्यक्ष, वडा सदस्य सहित) स्थानीय मेलमिलाप केन्द्रले सरकारवादी मुद्दालाई मेलमिलापत्र गराएको घटनाले न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।’

संविधान र कानूनले नै जातीय भेदभाव तथा छुवाछूतलाई गैरकानूनी र अपराधको रुपमा स्वीकार गरेको उल्लेख गर्दै सरकारवादी मुद्दामा मिलापत्र गरिनुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा दफा १, २ र मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची १ को समेत ठाडो उपहास गरेको संघले ठहर गरेको छ ।

संगठनहरुले संवैधनिक तथा विद्यमान ऐन कानून बिरुद्धमा गरिएका यस्ता गतिविधि गर्ने गराउनेलाई तत्काल कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन समेत माग गरेका छन् । घटनाका दोषीहरूलाई उन्मुक्ति दिने प्रयास गरिए थप सशक्त विरोधका कार्यक्रम घोषणा गर्न बाध्य हुनेसमेत संगठनहरुले चेतावनी दिएका छन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper