Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

न्यूनतम सेवा मापदण्डमा बागमती प्रदेशमै दोस्रो बन्यो रामेछाप अस्पताल

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १३, २०८१

रामेछाप– न्यूनतम सेवा मापदण्ड मापनमा रामेछाप अस्पताल बागमती प्रदेशमा दोस्रो भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा संचालनमा रहेका ५० शैयाका प्रादेशिक अस्पताल मध्ये रामेछाप अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभरिमा दोस्रो भएको हो । 

१५ शैयाबाट ५० शैयामा स्तरोन्नतिपछि पहिलो पटक न्यूनतम सेवा मापदण्ड अनुसार मापन भएको हो । मूल्यांकन टोलीका डा. नवीन दर्नालका अनुसार मापदण्डको प्रकृतिको आधारमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवाको विभिन्न सूचकहरूलाई आधार मानेर मूल्यांकन गरेको हो । 

मंगलबार एक कार्यक्रमका बिच अस्पतालले प्राप्त गरेको अंक सार्वजनिक गरिएको हो । न्यूनतम सेवा मापदण्डको मापन एवं मूल्यांकन गर्दा अस्पतालको सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवाको अधिकाशं सूचकहरू पुरा भएकाले ८९ प्रतिशत अंक प्राप्त गर्न सफल भएको बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका टोलीका संयोजक डा. नवीन दर्नालले बताए । उनले अनुसार १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएर पहिलो पटक न्यूनतम सेवा मापदण्डको मूल्यांकन गर्दा धेरै राम्रो उपलब्धि भएको बताए । सुधार गर्नु पर्ने कुराहरू सुधारको लागि सरोकारवालाहरू सबै लाग्ने हो भने रामेछाप अस्पतालबाट प्रवाह सेवा थप प्रभावकारी हुँदै जाने र न्यूनतम सेवा मापदण्ड मूल्यांनमा थप उत्कृष्ट हुने दाबी दर्नालको रहेको छ । 

रामेछाप अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष यम कुमार पाख्रिनले न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा कतिपय अंक प्राप्त हुन नसकेका क्षेत्रहरूमा अस्पताल संचालन समिति र अस्पताल प्रशासनको एक्लो प्रयासले मात्रै नहुने काम रहेका र त्यस्ता कामहरू माथिल्लो निकायले चाँडो नगरिदिँदा अवस्था कमजोर भएको गुनासो गरे । दरबन्दी अनुसार कर्मचारीको कमी, ५० शैयाको अस्पताललाई चाहिने बेड संख्याको कमी लगायतका समस्याहरू समाधान गर्न निर्देशनालय र मन्त्रालयले ध्यान दिनु पर्ने अध्यक्ष पाख्रिनको भनाइ रहेको छ । 

नतिजा सार्वजनिकीकरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले ५० शैया भएपछि पहिलो पटक न्यूनतम सेवा मापदण्ड मापनमा नै ८९ प्रतिशत अंक प्राप्त गर्नु ठुलो उपलब्धि भएको र प्राप्त अंकलाई हेर्दा रामेछाप अस्पतालबाट प्रवाह हुने सेवाहरू प्रभावकारी रहेको पुष्टि गरेको भनाइ राखे । नगर प्रमुख न्यौपानेले रामेछाप नगर भित्रै रहेको रामेछाप प्रादेशिक अस्पताललाई नगरपालिकाको तर्फबाट गुणस्तरीय सेवा प्रवाह गर्ने विभिन्न कार्यक्रममाहरुमा सहयोग हुने पनि प्रतिबद्धता जनाए । 

रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले अस्पतालले प्रवाह गरेका धेरै जसो सेवाको मापनमा उत्कृष्ट सेवा प्रवाह भइरहेको मूल्यांकन टोलीको प्रतिवेदनले बताएको र मूल्यांकन टोलीले थप सुधार गर्न दिएका सुझावहरूलाई अस्पताल संचालन समिति र अस्पताल प्रशासनले ध्यान दिएर सुधार गर्ने हो भने आगामी दिनमा अस्पतालको सेवा थप प्रभावकारी हुँदै जानुका साथै आगामी हुने न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा थप प्रगति हुने भनाइ राखे । 

त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले रामेछाप जस्तो जिल्लामा रहेको ५० शैयाको अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गर्नु धेरै राम्रो भएको बताउँदै आगामी दिनमा उक्त अंकलाई थप सुधार गरेर सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले अस्पतालले दिने सेवा गुणस्तरीय भएको दाबी गर्दै अस्पतालमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि गर्न सबै सरोकारवालाहरू लाग्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले अस्पतालको न्यूनतम सेवा मापदण्ड मापनको नतिजामा रामेछाप अस्पताल राम्रो देखिएको भए पनि मूल्याकन टोलीले मूल्याकन गर्दा अस्पतालले थाहा नपाउने गरी गर्दा थप प्रभावकारी हुने भनाई राखे । 

कार्यक्रमको सुरुवातमा रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले अस्पतालबाट प्रवाह भइरहेका सेवाको बारेमा जानकारी गराउँदै अस्पतालका चुनौती, समस्या र अवसरको बारेमा जानकारी गराएका थिए ।

दुई दिन सम्म लगाएर मापन तथा मूल्यांकन गरिएको प्रतिवेदन नतिजा न्यूनतम सेवा मापदण्ड मूल्यांकन समितिका सदस्य डा मदन ज्ञावलीले प्रस्तुत गरेका थिए ।

यस अघि १५ शैयाको जिल्ला अस्पताल हुँदा पनि रामेछाप अस्पताल देशभरिका १५ शैयाका अस्पताल मध्ये तेस्रो भएको थियो ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper