Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जिल्लाका समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर काम गर्छु– प्रजिअ पौडेल

संवादाताः रामचन्द्र वि.क.
अशोज ७, २०८१

रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लामा भएका विभिन्न समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर काम गर्ने बताएका छन् । आइतबार रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर भएका प्रजिअ पौडेलले सोमबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्लामा भएका समस्या समाधानको लागि सबैसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका हुन् । 

परिचयात्मक कार्यक्रममा पत्रकारहरूले विभिन्न कार्यालयमा सहज सेवा प्रवाहमा समस्या, विकास निर्माणमा समस्या, सडक दुर्घटनाका घटनामा वृद्धि, तीन तहका सरकारी निकाय बिचको समन्वय र सहकार्यमा अभाव, ट्राफिक व्यवस्थापनमा समस्या, वित्तीय संस्थामा समस्या, जिल्लाका सार्वजनिक निकायमा सुशासनको कमी, हाइड्रोपावरहरूको एकलौटी कामले स्थानीय नागरिकहरूले भोगेका विभिन्न पीडा, चाडपर्वको मौका छोपेर व्यापारीले नागरिकलाई ठग्ने गरेको समस्या लगायताका दर्जनौँ समस्या राखेका थिए । 

प्रजिअ पौडेलले पत्रकारहरूले राखेका विभिन्न समस्यालाई सम्बन्धित निकायसँग छलफल र सहकार्य गरेर समाधान गर्ने प्रतिबद्धता जनाए । उनले हाल जिल्लामा हुने गरेका कालोबजारी, म्याद गुज्रेका सामानको विक्री वितरण, अवैध मदिराको विक्री वितरण, जुवा तास खेल्ने/खेलाउने, चोरी–लुटपाट गर्ने, सार्वजनिक सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रुहरू बोक्ने, तोकिए भन्दा बढी भाडा असुल्ने जस्ता गतिविधि रोक्न सार्वजनिक सूचना मार्फत अनुरोध गर्ने यसरी सूचना जारी गर्दा पनि त्यस्ता गतिविधि गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने भनाइ राखे । 

प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयबाट हुने सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन प्रतिवद्ध भएर लाग्ने बताए । त्यस्तै विकास निर्माणमा देखिएका समस्यालाई सरोकारवाला निकायसँगको सहकार्यमा समाधान गर्ने पनि प्रजिअ पौडेलले बताए ।

विशेष गरी जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, नागरिकलाई सुशासनको प्रत्याभूत गराउने, सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, विकास निर्माणमा सहजीकरण गर्ने र आफ्नो अधिकार क्षेत्र भित्रका कार्यलाई इमानदारिताका साथ गर्ने प्रतिबद्ध भएको भनाई राखे ।

प्रमुख जिल्ला अधिकारी भएर आएका पौडेलले यस अघि रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी भएर केही समय काम गरिसकेका छन् । 

भिडियो: जिल्लाका समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर काम गर्छु– प्रजिअ पौडेल

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper