Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीमै चोरीका घटना बढेपछि प्रहरीको विशेष अभियान, बजारमा राती हिँड्नेलाई चेकजाँच

संवादाताः रामचन्द्र वि.क.
भदौ २, २०८१

रामेछाप- केही वर्ष अघि देखि रामेछापका विभिन्न ठाउँमा हुँदै आएका चोरीका घटना सदरमुकाम मन्थलीमा समेत बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली बजारको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन रातको समयमा चेकजाँच अभियान चलाउन थालेको छ । बजार क्षेत्रमा रातको समयमा हिँड्ने विभिन्न व्यक्तिहरूलाई सोध बुझ गर्ने र थप आवश्यक परे चेकजाँच समेत गर्ने अभियान चलाउन थालेको हो । 

आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापले पत्रकार सम्मेलन मार्फत केही समय अघि देखि बजारमा रातको समयमा हुने चोरीको घटनालाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउँदा समेत चोरीका घटनाहरू न्यूनीकरण हुन नसकेपछि राती १० बजे देखि बिहान ४ बजे सम्मको समयमा बजारमा हिँड्ने मानिसहरूलाई विशेष निगरानी गर्ने अभियान चलाइएको बताएको हो । 

रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले भने,‘मन्थली बजारमा भइरहेका चोरीका घटना नियन्त्रणको लागि हामीले विभिन्न अभियानहरू चलायौँ । तर चोरीका घटना कम हुन सकेनन् । प्रहरीको अनुसन्धानले रातको समयमा चोरीका घटना बढी हुने देखिएपछि पिकेट टोली नै बनाएर राती विशेष निगरानी गर्ने योजना बनाएका छौँ । राती १० बजे देखि बिहान ४ बजे सम्ममा बजारमा हिँड्ने मानिसहरूलाई सोधखोज गर्ने, आवश्यक परेमा चेकजाँच गर्ने र त्यस्ता मानिस प्रति शङ्का लागेमा नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने सम्मका योजनाहरू सुरु गरेका छौँ । पिकेट टोली अन्तरगत भैसेश्वर चोक, मदनआश्रित चोक, देवकोटा चोक, कटहरबोट, बसपार्क र जिल्ला प्रहरी कार्यालय गेट अगाडि राती हिँड्ने मानिसहरूलाई सोधखोज गर्ने छौँ । हामीलाई विश्वास छ यो अभियानले बजारको शान्ति सुरक्षामा थप टेवा पुग्ने छ ।’

रातको समयमा हिँड्ने मानिसलाई सोधखोज र चेकजाँच मात्रै नभएर अफ्ठ्यारो परेको भए उनीहरूलाई प्रहरीले आवश्यक सहयोग गर्ने पनि प्रहरी प्रमुख सिंहले बताए । यसरी चेकजाँच गर्दा नागरिकलाई केही अफ्ठ्यारो पर्ने भए पनि नागरिकहरूकै जनधनको सुरक्षाको लागि चलाइएको अभियान भएकाले चोरी नियन्त्रणको लागि चलाइएको विशेष अभियानमा प्रहरीलाई साथ दिन प्रहरी प्रमुख सिंहले आग्रह गरेका छन् । 

चोरीका घटना पहिचान गर्न निकै अफ्ठ्यारो पर्ने हुँदा सके सम्म चोरीबाट बच्नको लागि आम नागरिकले पनि आफ्नो सम्पत्तिको सुरक्षामा बढी ध्यान दिनु पर्नेमा प्रहरी प्रमुखको जोड रहेको छ । उनले मन्थली बजारमा आफ्नो सवारी साधनालाई सार्वजनिक सडकमा राख्दा त्यस्ता सामाग्रीको सुरक्षित नहुने भएकाले सकेसम्म आफ्ना सवारीका साधनहरुलाई आफ्नो घर भित्र सुरक्षित राख्न अनुरोध पनि गरेका छन् । 

विगत केही वर्ष अघि देखि रामेछापका विभिन्न ठाउँमा भइरहेका चोरीका घटना सदरमुकाम मन्थलीमा समेत हुन थालेपछि स्थानीयहरु त्रासित बन्दै गएका छन् । चोरीका घटनामा संलग्न व्यक्तीहरुलाई खोजी गरी कारबाही गर्न स्थानीयहरुले प्रहरीलाई अनुरोध गर्दै आएका छन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper