Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

२४ औँ विश्व दुध दिवस: रामेछापमा हाजिरी जबाफसँगै दुध खुवाएर कार्यक्रम

संवादाताः हाम्रो प्रहार
जेष्ठ १९, २०८१

रामेछाप– २४ औँ विश्व दुध दिवसमा रामेछापमा किसानमैत्री कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला कृषि सहकारी संघको आयोजनामा शनिवार किसानमैत्री कार्यक्रम अन्तरगत दुध तथा दुध जन्य बस्तुको बारेमा विद्यार्थीहरू बीच हाजिरी जवाफ प्रतियोगिता, पशुलाई खुवाउने क्याल्सियम वितरण, कार्यक्रममा सहभागीलाई दुध खुवाउने लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो । 

हाजिरी जवाफ प्रतियोगितामा मन्थली बजार आसपास रहेका मन्थली मावि, नागकन्या मावि, लिटिलस्टार अंग्रेजी स्कुल, कर्कलादेवी अंग्रेजी स्कुल र तामाकोशी अंग्रेजी स्कुलका प्रत्येक विद्यालयबाट ३/३ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । दुध तथा दुध जन्य वस्तुमा आधारित रहेर सोधिएका प्रश्नको उत्तर मिलाउने विद्यार्थीलाई तुरुन्तै पुरस्कार वितरण गरिएको थियो । सही उत्तर मिलाउने विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार वितरण गरिएको थियो । 

त्यस्तै कार्यक्रममा सहभागी भएका र धेरै पशुपालन गर्ने २० जना किसानलाई पशु सेवा केन्द्र सिन्धुलीले पशु बस्तुलाई खुवाउने क्याल्सियम निःशुल्क रूपमा वितरण गरेको छ । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले दुध उत्पादन गर्ने किसानका समस्याहरू पहिचान गरी समस्या समाधानमा सबै लाग्नु बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी प्रमुख कार्कीले जिल्ला कृषि सहकारी संघ तथा अन्य संस्थाहरूको आयोजना भएको सृजनशील कार्यक्रमले किसानलाई प्रेरित गर्ने धारणा राखिन् । त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाले दुध उत्पादन गर्ने किसानहरूले धेरै समस्या भोग्नु परेको बताउँदै समस्या समाधानमा पशुपालन क्षेत्रमा काम गर्ने निकायले ध्यान दिनु पर्नेमा जोड दिए । 

जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठले पशुपालक तथा दुध उत्पादक किसानहरूलाई लक्षित गरी राखिएको कार्यक्रममा राम्रो सहभागिता रहेको भन्दै सहभागीहरुलाई धन्यवाद दिँदै सहभागीहरूले किसानले भोग्दै आएका समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले पछिल्लो समय दुध उत्पादनमा वृद्धि भएको र जिल्लामा संचालनमा रहेका डेरीले मात्रै दुध खपत गर्न नसक्ने समस्या उत्पन्न भएपछि जिल्ला कृषि सहकारी संघको समन्वयमा दुध संकलन गरेर अन्य ठाउँमा पठाउने कार्य सुरु गरिएको बताए । उनले जिल्लामा उत्पादन भएका कृषि जन्य वस्तु जिल्लामै खपत गर्ने गरी जिल्ला कृषि सहकारी संघको अगुवाइमा उत्पादित वस्तु संकलन तथा विक्री गर्ने कामको सुरुवात गरिएको बताए । उनले जिल्लाका उत्पादन भएका विभिन्न कृषि जन्य बस्तुलाई ८ ओटै स्थानीय तहहरूले एक अर्कामा साटासाट गरेर जिल्लामै खपत गर्नको लागि सबै स्थानीय तहको समन्वयमा काम हुनु पर्नेमा जोड दिए ।


कार्यक्रममा जिल्ला कृषि सहकारी संघका कोषाध्यक्ष भानुभक्ता श्रेष्ठले संघले हाल सम्म गरेका नमुना काम, जिल्लामा कृषि सहकारीले गरेका काम, जिल्लाका समग्र कृषि सहकारीहरूको अवस्थाको जानकारी गराउँदै जिल्लामा दुध तथा दुध जन्य वस्तुको अवस्थाको बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल लगायतले भनाइ राखेका थिए ।

‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइएको २४ औँ विश्व दुध दिवस जिल्ला कृषि सहकारी संघको आयोजना, पशु सेवा केन्द्र रामेछाप, मन्थली दुग्ध सहकारी संस्था, रामेछाप डेरी ,अमृत डेरी, चिरन्जीवी डेरी लगायतको समन्वयमा संचानल भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी समन्वय प्रमुख चिना खड्का कार्कीले बालबालिकालाई दुध खुवाएर उद्घाटन गरिएको कार्यक्रममा सहभागी सबैलाई दुध खुवाइएको थियो ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper