Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले रामेछाप हाँक्ने नयाँ टिम: पुरुषोत्तम कडरियाको नेतृत्वमा बन्यो ९० सदस्यीय जिल्ला कमिटी 

संवादाताः हाम्रो प्रहार
बैशाख २८, २०८१

रामेछाप– नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया निर्वाचित भएका छन् । शुक्रवार साँझ सम्पन्न जिल्ला अधिवेशनमा कडरियाको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा होतराज ढकाल, सचिवमा प्रकाश कुमार कार्की, उपसचिवमा मिलन कुमार घिसिङ र मखमली श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष कडरिया र सचिव कार्की सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा निर्वाचित होतराज ढकाल सहित ध्रुब कुमार कार्की, रमेश कुमार वाग्ले र ज्ञान बहादुर खड्का बीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा ढकालले सबै भन्दा बढी ३ सय १० मत ल्याउँदै निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी ध्रुब कुमार कार्कीले २ सय ८७ मत ल्याएका थिए त्यस्तै अर्का उम्मेदवार वाग्लेले ४७ मत र खड्काले ३१ मत मात्रै ल्याएका थिए । खुल्ला उपसचिवमा निर्वाचित मिलन कुमार घिसिङ सहित दिनेश सुवेदी र राजेन्द्र कुमा कार्की बीच चुनावी प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा घिसिङले ५ सय ९ मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी दिनेश सुवेदीले १ सय १८ मत ल्याएका थिए भने अर्का उम्मेदवार राजेन्द्र कुमार कार्कीले ४८ मत मात्रै ल्याएका थिए । त्यस्तै महिला उपसचिवमा निर्वाचित मखमली श्रेष्ठले ४ सय ४० मत ल्याएकी थिइन भने उनकी निकटतम प्रतिस्पर्धी कमला शर्मा क्षत्रीले ७८ मत ल्याएकी थिइन् भने अन्य प्रतिस्पर्धी अनिता तामाङ राईले ८० मत र मन्जु माया कार्कीले ७७ मत प्राप्त गरेकी थिइन् । 

जिल्ला कमिटीको खुलातर्फ तीन जना महिला, दुई जना युवा सहित १० जना, विशेष समावेशीतर्फ तीन जना महिला, दुई जना युवा र चार जना खुला गरी ९ जना चयन भएका छन् । यसरी निर्वाचित हुनेमा दलित तर्फ एक जना महिला, एक युवा, एक खुला गरी तीन जना, जनजातितर्फ एक महिला, एक युवा, एक खुला गरी तीन जना, अपाङ्ग एक जना, अल्पसंख्यक एक महिला र एक खुला गरी दुई जना निर्वाचित भएका छन् । 

दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा भूगोलतर्फबाट खुल्ला र समावेशी गरी ६६ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् । पाँच पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटीको लागि १ सय ५६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

७ सय अधिवेशन प्रतिनिधि रहेका भए पनि शुक्रवार सम्पन्न निर्वाचनमा ६ सय ७६ जनाले मतदान पक्रियामा भाग लिएका थिए । बुधवार देखि सुरु भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले गरेका थिए । 

निर्वाचित ९० सदस्यीय जिल्ला कमिटी

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper