Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप महोत्सवको आर्थिक विवरण सार्वजनिक, झण्डै ३५ लाखको कारोबार

संवादाताः कैलाश खत्री
चैत्र २४, २०८०

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघले बृहत् रामेछाप महोत्सव २०८० मा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ । संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजन गरी महोत्सवमा भएको आम्दानी, खर्च र महोत्सवकै लागि भएका विभिन्न आर्थिक कार्यको विवरण सार्वजनिक गरेको हो । बृहत् रामेछाप महोत्सव २०८० पुस २६ गतेदेखि माघ ६ गते सम्म ११ दिन जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बृहत् रामेछाप महोत्सव २०८० मूल समारोह समितिका संयोजक केशव प्रसाद घिमिरेले महोत्सव आयोजन देखि समापन सम्मका विभिन्न पक्षका बारेमा स्पष्ट पारेका थिए । त्यस्तै आर्थिक विवरण प्रस्तुत गर्दै रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष झनक बहादुर बुढाथोकी (उत्तम) ले महोत्सवमा २७ लाख ३० हजार ४ सय ३ रुपैयाँ खर्च भएको बताए । महोत्सव आयोजनाबाट ३४ लाख १९ हजार ५ सय ९० रुपैयाँ आम्दानी हुने गरी विभिन्न निकायहरूसँग सम्झौता भएको तर हाल सम्म १५ लाख ८२ हजार ७ सय २७ रुपैयाँ रकम उठेको कोषाध्यक्ष बुढाथोकीले बताए । महोत्सवमा भएको आम्दानीको उठ्न बाँकी रकम उठाउने प्रक्रियामै रहेको उनले बताए ।

महोत्सवले कृषि जन्य बस्तुको बजारीकरणमा सहयोग पुर्‍यायो– अध्यक्ष थापामगर

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगरले बृहत् रामेछाप महोत्सव २०८० सफलतापूर्वक सम्पन्न भएको बताउँदै रामेछापमा उत्पादित कृषि जन्य बस्तुको बजारीकरणमा सहयोग पुगेको बताए । रामेछापमा उत्पादन हुने कृषिजन्य बस्तुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग पुर्‍याउने मुख्य उद्देश्य सहित आयोजना गरिएको महोत्सवले ८० प्रतिशत उद्देश्य पुरा गरेको अध्यक्ष थापामगरले दाबी गरे । उनले रामेछापको कृषि जन्य उत्पादन, घरेलु तथा साना उद्योग बाट उत्पादित सामाग्री, हस्तकला, थाङ्का, कला साहित्य एवं संस्कृतलाई आगामी मेला महोत्सवमा बढवा दिने बताए । यो वर्षको महोत्सवबाट राम्रो सिकाई भएको भन्दै उनले आगामी दिनमा थप सुधार गरेर कृषि महोत्सव गर्ने भनाई राखे । ग्रामीण अर्थतन्त्रलाई बढाउन मेला महोत्सव उपयोगी हुने उनको भनाइ थियो । देशमा नै देखिएको आर्थिक मन्दिले रामेछापलाई समस्या पारिरहेको बेला आयोजना गरिएको महोत्सवले जिल्लाको अर्थतन्त्र चलायमान गराउन थोरै भए पनि सहयोग पुगेको उनको भनाई रहेको छ । रामेछाप उद्योग वाणिज्य संघले मात्रै झण्डै ३५ लाख बराबरको कारोबार गरेको र बजारमा समेत त्यो भन्दा बढीको आर्थिक कारोबार भएकाले यो महोत्सवले झण्डै करोड भन्दा बढीको कारोबार गर्न सफल भएको अध्यक्ष थापामगरको दाबी रहेको छ । 

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ रामेछापका पूर्व अध्यक्ष लोक बहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, महासचिव कुमार श्रेष्ठ नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठ लगायत कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper