Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणको लागि महोत्सव- अध्यक्ष थापामगर

संवादाताः हाम्रो प्रहार
पुस २७, २०८०

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्षले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले वृहत् रामेछाप महोत्सवको आयोजना गर्न लागिएको बताएका छन् । बिहीबार देखी सुरु भएको ११ दिने वृहत् रामेछाप महोत्सवको उद्घाटन सभामा आफ्नो भनाई राख्दै अध्यक्ष थापामगरले रामेछापको स्थानीय उत्पादन कृषिजन्य बस्तुको प्रचार प्रसार अभाव र बजारीकरण गर्न नसकेर आर्थिक रूपमा समेत जिल्ला पछाडि परेकाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताएका हुन् ।

अध्यक्ष थापामगरले महोत्सवको मुख्य उद्देश्यको बारेमा बताउँदै भने– ‘रामेछापमा धेरै कृषि जन्य बस्तुहरू उत्पादन हुन्छन् । तर त्यस्ता बस्तुको प्रवर्द्धन गर्न नसक्दा र बजारीकरणमा ध्यान नदिँदा धेरै बस्तुहरू खेर जाने गरेका छन् । अब हामी यही महोत्सव मार्फत रामेछापमा उत्पादन हुने बस्तुको प्रचार प्रसार गरेर प्रवर्द्धन गर्दै बजारीकरणमा सहयोग पु¥याउँछौँ । यहाँ जुनार, सुन्तला, किवी, आलु, मुला, माहुरीको मह, विभिन्न प्रकारका गेडागुडी उत्पादन हुने गरेका छन् । यिनै बस्तुहरूले हाम्रो इस्टलहरु भरिएका छन् । यहाँ आउने दर्शकले अर्ग्यानिक कृषि जन्य बस्तुको स्वाद लिन पाउनु हुने छ । साथै ११ दिनको लामो महोत्सवमा यहाँका धेरै स्थानीय उत्पादनको बारेमा प्रचार प्रसार हुने छ । यसमा सबैले साथ र सहयोग गर्नु प¥यो ।’

कृषि जन्य बस्तु, रामेछापमै उत्पादन भएका विभिन्न बस्तुहरू राख्नको लागि इस्टलहरु निःशुल्क उपलब्ध गराइएको पनि अध्यक्ष थापामगरले बताए ।

रामेछापका ८ ओटै स्थानीय तहसँगको समन्वयमा गरिएको महोत्सवले रामेछापका गाउँ–गाउँमा उत्पादन भएका कृषि जन्य बस्तुको बजारीकरणमा थप सहयोग पुग्ने अपेक्षा लिएको उनले बताए । महोत्सव अवधिभर जिल्लामा भएका पर्यटकीय क्षत्रको प्रचार प्रसारमा समेत विशेष जोड दिइने अध्यक्ष थापामगरको भनाई रहेको छ ।

महोत्सवमा राखिएका कृषि जन्य बस्तु र रामेछापमा उत्पादन भएका विभिन्न बस्तुको उत्पादनलाई वृद्धि गर्न र बजारीकरणमा सहयोग गर्न प्रदेश सरकार र सरोकारवाला निकायहरूले सहयोग गर्नु पर्नेमा उनको जोड रहेको थियो ।

पौष २६ गतेबाट सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्ने रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले बताए ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper