Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उमाकुण्डमा सबै सेवा गाउँमै, कार्यवाहक अध्यक्ष भन्छिन्– ‘नागरिकका अपेक्षा पुरा गर्दै छौँ’

संवादाताः हाम्रो प्रहार
अशोज १९, २०८०

रामेछाप– उमाकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत पालिकाबाट प्रवाह हुने सेवा गाउँ–गाउँमै पुर्‍याएको छ । गाउँपालिकाको केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सहितको एकीकृत घुम्ती शिविर लिएर गाउँपालिका बिहीबार देखि गाउँ–गाउँमा पुगेको हो । 

गाउँपालिकाबाट प्रवाह हुने नयाँ व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र जारी, व्यवसाय प्रमाणपत्र नवीकरण, सामान्य स्वास्थ्य परीक्षण, योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचय पत्र वितरण र जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता वितरण र राष्ट्रिय परिचय परिचय पत्रको विवरण संकलन सहितको एकीकृत घुम्ती शिविर उमाकुण्डको वडा नं ७ भुजीबाट सुरु भएको छ । 

पालिकाको ७ ओटै वडामा पुग्ने शिविरको सुरुको दिन भुजीमा जिल्ला प्रशासनबाट जारी हुने नागरिकता २७ जनाले लिएका छन् भने ५४ जनाले राष्ट्रिय परिचय पत्रको विवरण भरेका छन् । त्यस्तै ३ ओटा नयाँ व्यवसाय दर्ता, २५ ओटा व्यवसाय नवीकरण, ९ जनाको अपाङ्गता परिचय पत्र वितरण, १ जना जेष्ठ नागरिकको परिचय पत्र जारी र ६ ओटा योजना सम्झौता भएका छन् । पालिकाबाट प्रवाह हुने सेवाबाट ५४ हजार ८ सय राजस्व समेत संकलन भएको छ । 

उपाध्यक्ष सुनुवार भन्छिन्– ‘पालिको केन्द्र र सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ’

एकीकृत घुम्ती शिविरको नेतृत्व गरेर वडावासीलाई गाउँमै सेवा दिलाउने योजना सहित बिहीबार भुजी पुगेकी गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गुम्देल देखि भुजीका नागरिकले पालिकाको केन्द्र र जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यताबाट छुटकारा पाएको बताइन् । कार्यवाहक अध्यक्षको जिम्मेवारीमा समेत रहेकी सुनुवारले सबै सेवाहरूलाई एकीकृत गरेर वडामा शिविर लैजँदा वडाका नागरिकलाई एउटा सेवा लिन दुई÷तीन दिन माय मारेर हजारौँ खर्च गरेर पालिकाको केन्द्र र सदरमुकाम धाउनु पर्ने बाध्यताबाट छुटकारा भएको बताएकी हुन् । 

कार्यवाहक अध्यक्ष सुनुवारले भनिन्– ‘उमाकुण्ड गाउँपालिकाका ७ वटा वडा पालिकाको केन्द्र र सदरमुकाम मन्थलीबाट भौगोलिक रूपमा धेरै टाढा छन् । जहाँका नागरिकहरू पालिकामा र सदरमुकाममा सेवा लिन आउँदा दुई÷तीन दिन लगाएर हजारौँ खर्च गरेर आउनु पर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले यो शिविर आयोजना गरिएको हो । यसले धेरैलाई राहत पुग्छ भन्ने मैले विश्वास लिएको छु । हामीले पहिलो दिनमा सेवाग्राहीको घरकै छेउमा पुगेर १ सय २५ जनालाई सेवा दिन सक्यौँ । यो हिसाब गर्ने हो भने उहाँहरूलाई एक मुष्टमा पालिका र सदरमुकाम पुग्न झन्डै साढे एक लाखको हाराहारीमा खर्च हुन्थ्यो, त्यो खर्च जोगिएको छ भने समयको पनि बचत भएको छ । यसले उहाँहरूलाई पक्कै पनि राहत मिलेको छ । अनि हामी जनप्रतिनिधिको जिम्मेवारी पनि हो कि, हामीलाई भोट दिएर जिताउनेलाई सके सम्म सहज तरिकाले सेवा दिनु पर्छ ।’

१८ गतेबाट सुरु गरिएको एकीकृत घुम्ती शिविर एक दिन एक वडामा सेवा दिएर २४ गते सम्पन्न गर्ने गरी योजना रहेको कार्यवाहक अध्यक्ष सुनुवारले बताइन् । उनले घुम्ती शिविरबाट प्रवाह हुने सेवालाई व्यापक सहभागिता जनाउन पालिकावासीलाई अनुरोध समेत गरेकी छिन् । 

उनले आफ्नो नेतृत्वमा रहेको घुम्ती शिविरमा ७ वटै वडामा आफू पनि पूर्ण रूपमा सहभागी हुने भएकाले आम नागरिकहरूका गुनासो वा कुनै सुझाव भए दिन समेत आग्रह गरेकी छिन् ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper