Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोकुलगंगाको गरिब लक्षित कार्यक्रम: गाउँमै जुत्ता बन्न थाले, वडामै पुगे कृषि औजार बनाउने मेसिन 

संवादाताः रामचन्द्र वि.क.
असार २४, २०८०

रामेछाप– गोकुलगंगा गाउँपालिकामा गरिब लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक कृषि गर्न पशुपालनको तालिम दिने देखि कृषि औजार बनाउने अत्याधुनिक इलेकट्रोनिक उपकरण सम्मका सामाग्री गाउँ–गाउँमा पुगेका छन् । गाउँपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक रूपमा बाख्रा तथा बङ्गुर पालन तालिम, बेमौसमी खेती तालिम, अत्याधुनिक प्रविधियुक्त आरान चलाउने तालिम, नौमती बाजा बजाउने तालिम, जुत्ता बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन भएका छन् ।

तालिम पश्चात् पशुपालनको तालिम लिने ७० जनालाई बाख्रा तथा बङ्गुर, बेमौसमी खेतीको तालिम लिने १ सय ८० जनालाई टनेल, नौमती बाजाको तालिम लिने ४० जनालाई नौमती बाजा, इलेकट्रोनिक आरान चलाउन तालिम लिने ७ जनालाई अत्याधुनिक इलेकट्रोनिक फलाम कुट्ने मेसिन, जुत्ता बनाउन तालिम लिनेलाई जुत्ता बनाउने मेसिन लगायतका सामाग्री समेत निःशुल्क उपलब्ध गराइएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले बताए । थापाका अनुसार गाउँपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रालिको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । 

‘गरिबलाई माथि उठाउने गाउँपालिकाको अभियान जारी छ, सबैले सहयोग गर्न आवश्यक छ’– अध्यक्ष खड्का

आफ्नो पाँच वर्षे कार्यकालमा आर्थिक तथा सामाजिक रूपले विपन्न भएका नागरिकलाई माथि उठाउने र संरक्षण गर्नु पर्ने परम्परागत पेशा तथा कामलाई आधुनिकीकरण गर्दै मुख्य पेशा बनाउने अभियान जारी राख्ने बताउँदै गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले यो अभियान सफल बनाउन सबैको सहयोगको आवश्यक रहेको धारणा व्यक्त गरे । अध्यक्ष खड्काले भने– ‘हामीले कार्यक्रम बनाएर समुदायमा पु¥याउने हो । त्यस्ता कार्यक्रम कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी कार्यक्रममा सहभागी हुने नागरिकको बढी हुन्छ । त्यसैले विपन्न समुदायलाई हरेक हिसाबले माथि उठाउने गरी तयार गरिएका कार्यक्रमलाई सफल बनाउन उहाँहरूले नै बढी जिम्मेवारी लिनु पर्छ । कृषिलाई आधुनिकीकरण, पशुपालनलाई व्यावसायिक, परम्परागत रूपमा सञ्चालनमा रहेका कृषि औजार बनाउने आरनलाई प्रविधियुक्त, लोप हुँदै गएको पञ्चेबाजालाई संरक्षण गर्ने, गाउँमै जुत्ता बनाउने जस्ता कामलाई जसले लिएको हो उसैले मेरो मुख्य पेशा र व्यवसाय नै यही हो भनेर काम गर्न सके मात्रै त्यसको उपलब्धि हुने भएकाले त्यही अनुसार काम गर्न अनुरोध पनि गर्छु ।’

गरिब लक्षित गरी सञ्चालन गरिएको यस्ता कार्यक्रमले आगामी दिनमा विपन्न समुदायको जीवनस्तर माथि उठ्ने अपेक्षा गाउँपालिकाले लिएको अध्यक्ष खड्काले बताए । यो वर्ष ६ ओटै वडाका अति विपन्न व्यक्तिहरूलाई छनौट गरी कार्यक्रम कार्यान्वयन गरिएको उनको भनाई रहेको छ । आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । 

गाउँपालिका भित्र बसोबास गरी आफ्नो समुदाय अनुसार मनाउने विभिन्न प्रकारका संस्कारहरू पनि लोप हुने अवस्थामा पुगेको र त्यस्ता संस्कार जोगाउने अभियानमा आगामी दिनमा कार्यक्रम तयार गरी कार्यान्वयन गरिने पनि अध्यक्ष खड्काले बताए ।

गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीले गाउँपालिका भित्र रहेका दलित, अल्पसङ्ख्यक, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई माथि उठाउने गरी सञ्चालन गरिएको कार्यक्रमले लोप हुँदै गएको पेशा संरक्षण हुने बताइन् । त्यस्तै आर्थिक रूपमा विपन्न भएको किसानलाई पशुपालन तथा बेमौसमी खेतीबाट आम्दानी लिन यो कार्यक्रमले मद्दत पु¥याउने उनले बताइन् । 

झन्डै ३ सय बढी स्थानीय सहभागी हुने गरी सञ्चालन गरिएको विभिन्न तालिममा १ नं वडा देखि ६ नं वडा सम्मका नागरिक समेटिएको ग्रामिण विजनेश प्रमोशन प्रा.लिका कार्यकारी अधिकृत युवराज सुवेदीले बताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper