Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नगरपालिकाले सिप सिकाएपछि गाउँमै बन्न थाले बाँसका सामाग्री

संवादाताः हाम्रो प्रहार
चैत्र २४, २०७९

रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा उद्यमी उत्पादन गर्न सुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत यो वर्ष ७५ जनालाई गाउँमै लघु उद्यम संचान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु संचालन गरेको हो ।

रामेछाप नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ७५ जना नयाँ उद्यमी उत्पादन गर्ने र ४० जना पुराना उद्यमीहरुलाई स्तरोन्नति गर्ने गरी सुरु गरिएका केही तालिमहरु समापन भएका छन् भने केही तालिमहरु सुरु हुने चरणमा रहेका छन् ।

शुक्रबार रामेछाप नगरपालिकाको वडा नं ९ मा एक महिना अघि देखि संचालन भएको बाँस हस्तकला र हाउस वाइरिङ सम्बन्धी तालिमको समापन भएको छ । एक महिनाको अवधिमा बाँस हस्तकलामा २३ जना र हाउस वाइरिङमा १२ जना गरी ३५ जनाले गाउँमै काम तालिम सिकेका छन् । तालिममा सहभागीहरु गाउँकै बाँस प्रयोग गरी बाँसबाट बन्ने विभिन्न प्रकारका तयारी सामाग्री समेत बनाएका छन् ।

एक महिना अघि देखि संचालनमा रहेको तालिम समापन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले गाउँमै भएका कच्च पदार्थ प्रयोग गर्दै गाउँमा रोजगारी सिर्जना गर्ने गरी सुरु गरिएको उद्यमी उत्पादन तालिमसँग स्थानीयको रोजागरी, आर्थिक उन्नति र समृद्धि जोडिएकाले आर्थिक बृद्धिमा सहयोग पुग्ने बताए । नगर प्रमुखले भने– ‘गरिवी निवरणको लागि उद्यमी उत्पादन गर्दै लघु उद्यम स्थापना गर्ने गरी सुरु गरिएको यो तालिममा यहाँ सहभागी भएका स्थानीयको गरिवि उत्थान र बेरोजगार उत्थानमा सहयोग पुग्छ । यस्ता तालिमले पचास वर्ष पछि सम्मको आर्थिक समृद्धिमा टेवा पुग्छ, त्यसैले यो तालिम एउटा मानिसको जीवन परिवर्तन गर्न सक्ने एउटा माध्यम हो ।’

नगर प्रमुख न्यौपानेले तालिम सिकेर दक्ष जनशक्ती भइसकेकाहरुले व्यवसायिक रुपमा लघु उद्योग स्थापना गरी व्यवसाय गर्न चाहेमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । तालिम लिएका उद्यमीहरुले व्यवसायिक रुपमा उद्योग स्थापना गरेर धेरै बस्तु उत्पादन गर्न सके ति बस्तुहरुलाई बजार सम्म लैजाने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।

नगर प्रमुख न्यौपानेले आफू एउटा पार्टीबाट निर्वाचित भएर आएको भएपनि नगरको विकास र आम नागरिकको समस्या समधानको लागि आफूले पार्टीलाई पूर्ण रुपमा बिर्सेर काम गरीरहेको बताए ।

रामेछाप नगरपालिका वडा नं ९ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठले गाउँमै पाइने बस्तुबाट विभिन्न प्रकारका बस्तु उत्पादन गर्न सक्ने गरी दिइएको तालिमले उनिहरुको जीवनमा ठूलो सहयोग पुग्ने धारणा राखे ।

रामेछाप नगरपालिकाको उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठले रामेछाप नगरपालिकाको ल्याङ–ल्याङ र गोठगाउँमा गरिएका तालिमले स्थानीयलाई व्यवसायिक उद्यमी बनाउन सहयोग पुर्‍याउने बताए । दुबै ठाउँमा कच्च पदार्थको रुपमा रहेका बस्तुको सम्भाव्यता अध्ययन गरेर तालिम संचालन गरिएको हुँदा अहिले दिइएको तालिम सफल हुने बताउँदै कार्यक्रमको लक्ष्य अनुसार लघु उद्योग स्थापना गरेर स्थानीयलाई व्यवसायमा जोड्न सहयोग पुग्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै ग्रामिण विजनेश प्रमोशन प्रा.लि. कार्यकारी अधिकृत युवारज सुवेदीले लामो समय देखि गैर सरकारी संस्थाहरुले गर्दै आएको कार्यक्रम स्थानीय सरकारले संचालन गर्ने गरी गाउँ–गाउँ पुगेको कार्यक्रम थप प्रभावकारी हुने भन्दै गरिवी निवरणमा सहयोग पुग्ने बताए ।

सीप विकासको जिम्मा लिएको ग्रामिण विजनेश प्रमोशन प्रालि रामेछापका कार्यक्रम संयोजक अनिवाश कार्कीका अनुसार ल्याङ–ल्याङ र गोठगाउँका विभिन्न ठाउँमा विभिन्न प्रकारका तालिमा सम्पन्न भइसकेको र बाँकी तालिमहरु पनि सुरु हुने तयारीमा रहेका छन् । कार्कीका अनुसार गोठगाउँमा यस अघि बेसार प्रसोधनको तालिम समापन भइसकेको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper