Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आगो नियन्त्रणमा हातेमालो गर्न समन्वय प्रमुखको आग्रह

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०७९

रामेछाप– विगत केही दिन अघिदेखि सदरमुकाम मन्थली नजिकका जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । सुरक्षकर्मी, स्थानीय र विभिन्न निकायले आगोलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि थप क्षेत्रमा आगो फैलिएपछि नियन्त्रण भन्दा बाहिर गएको हो ।

केही ठाउँबाट सुरु भएको आगो अहिले मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका झण्डै दर्जन सामुदायिक बनको ठूलो क्षेत्रमा फैलिएको छ । ठूलो फौजमा खटिएका सुरक्षाकर्मी, सामुदायिक बनका उपभोक्ता, स्थानीय समेतका आगो नियन्त्रणको प्रयास असफल भएको छ । एक/दुई स्थानबाट सुरु भएको आगो अहिले ५० हेक्टर भन्दा बढी जंगल क्षेत्रमा फैलिएको डिभिजन बन कार्यालयले बताएको छ ।

सुरक्षा निकाय, स्थानीय सरकार, सामुदायिक बन, स्थानीय, रेडक्रस लगायत विभिन्न निकायको समन्वयमा आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले बताइन् । केही ठाउँमा आगो लालेको जानकारी पाउँनसाथ सरोकारवाला नियकायहरुसँग समन्वय गरेर आगो नियन्त्रणमा लिन खोजिएको भएपनि हाल सम्म आगो नियन्त्रणमा आउन नसक्नु दुखद कुरा रहेको बताउँदै समन्वय प्रमुख कार्कीले आगो नियन्त्रणमा सबैलाई जुट्न आग्रह गरिन् । समन्वय प्रमुखले मन्थली आसपासमा लागेको आगोले मन्थली बजारमा समेत प्रदुषण बढेको बताउँदै आगो नियन्त्रणको लागि जुट्न बजारबासीलाई पनि आग्रह गरिन् ।

राष्ट्रको धनलाई नै नष्ट पार्ने उद्देश्यले समाजका केही खराब व्यक्तिहरुले आगो लगाएर आफ्नै सम्पत्तीको रुपमा रहेको जंगल नष्ट पार्ने जस्तो अपराध गर्ने कार्य गर्नु दुखद भएको बताउँदै प्रमुख कार्कीले त्यस्ता व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिइन् ।

द्रुत रुपमा फैलिएको आगो नियन्त्रणको लागि बुधबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णय गरिएको डिभिजन बन कार्यालय रामेछापका प्रमुख रामशरण गौतमले बताए ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper