Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home शिक्षा

स्थायी शिक्षक नियुक्तीमा इकाई प्रमुखको चलखेल, योग्यताक्रम मिचेर नियुक्ती

संवादाताः हाम्रो प्रहार
चैत्र १४, २०७९

रामेछाप– शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् ।

योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही दिनमा नजिकैको पालिका पठाउने योजना सहित नियुक्ती नदिएका हुन् । भट्टराइले शक्तिको प्रयोग गरी योग्यताक्रममा अगाडि रहेकालाई अहिले दुर्गम पालिका पठाउने र योग्यताक्रममा धेरै पछाडि रहेकालाई केही दिनपछि सदरमुकाम र आसपास पार्ने उद्देश्यले अहिले नियुक्त नदिएको उनको यो कार्यले छर्लगं पारेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रामेछापले मिति २०७९ चैत्र ६ गते स्थायी शिक्षक नियुक्तीमा प्राथमिकताक्रमलाई मध्यनजर गरी स्थानीय तह छनौट गरेर चैत्र १० गते भित्र फाराम भरी निवेदन पेश गर्न माग गरेको थियो । सोही अनुसार प्रावि तह तृतिय श्रेणीमा रामेछाप जिल्लाका लागि नाम निकालेका ७२ जना मध्ये ७१ जनाले फाराम भरी पालिका रोजेर निवेदन दिएका थिए । तर इकाई प्रमुखले योग्यताक्रमको ५७, ६६ र ७० नम्बरमा रहेकालाई बाँकी राखेर अन्य ६८ जनलाई मात्रै पालिका जान नियुक्ती दिएका छन् ।

चैत्र ६ गते प्रकाशन गरेको सूचनामा ८ पालिकामा रिक्त दरवन्दी संख्यामा ७२ जना उल्लेख छ । तर भट्टराईले सोमबार नियुक्ती दिँदा ६८ जनालाई मात्रै नियुक्ती दिएका छन् । सबै पालिकामा गरेर ७२ जना रिक्त दरबन्दी रहेकाले सोही अनुसार पठाउनु पर्ने भएपनि आफैले प्रकाशन गरेको सूचनालाई बेवास्ता गरेर कुनै पालिकामा बढी र कुनै पालिकामा घटी पठाएका छन् । उनले रामेछाप नगरपालिकामा ८ जना रिक्त रहेको सूचना प्रकाशन गरेको भएपनि १ जना थप गरेर ९ जना पठाएका छन् । त्यस्तै उमाकुण्ड गाउँपालिकामा ५ जना रिक्त रहेको देखाएको भएपनि ४ जना, लिखुतामाकोशी गाउँपालिकामा ५ जना रिक्त देखाएपनि ४ जना र दोरम्बा शैलुङ गाउँपालिकामा ८ जना रिक्त रहेको भएपनि ५ जना मात्रै पठाएका छन् ।

फाराम किनेको रसिद छ तर, फाराम भरेका छैन भनेर गैरजिम्मेवार जबाफ दिन्छन् इकाई प्रमुख भट्टराई

स्थायी शिक्षक नियुक्तमा योग्यताक्रमलाई मिचेर पछाडी रहेका शिक्षकहरुलाई अहिले नियुक्त नदिइ राखेको विषयमा प्रश्न गर्दा इकाई प्रमुख भट्टराईले १० गते सम्म तीन जनाले फाराम नभरेको दावी गरे । तर फाराम भर्दा लाग्ने शुल्क तिरेको रसिद भने उनैले देखाएका छन् । रसिदमा तीनै जनाले १० गते भन्दा अगाडी नै पैसा बुझाएर फाराम खरिद गरेको देखिन्छ ।

तीन जनालाई चाहि किन नियुक्ती नदिएको ? भन्ने पत्रकारको प्रश्नमा उनले फाराम नै नभरेका मान्छेलाई अहिले नियुक्त दिन मिल्दैन भनेर ढाकछोप गर्ने प्रयास गरे । तीन जनालाई कहिले नियुक्ती दिनु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले ‘मेरो तजबिजले दिन्छु’ भन्दै गैरजिम्मेवार जबाफ दिएका छन् ।

नियुक्ती नलिएका तीन जनाले १० गते सम्म फाराम नभरेको बताएपनि उनले १३ गते सम्म पुनः फाराम भर्नलाई सूचना गरेका छैनन् ।भट्टराईले चैत्र १३ गतेकै मितिमा तीन जनालाई नियुक्ती नदिने हो भने उनिहरुको बढुवामा समेत असर पर्ने छ ।

(पैसा तिरेको ररिद, पालिकामा रिक्त सहितको सूचना र हाल पदास्थापना भएको प्रमाण हामीसँग सुरक्षित छन् ।)

Related Posts

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper