Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

मन्थली– ६ काँग्रेसको प्रतिवद्धताः खानेपानी समस्या समधान देखि हिसां अन्त्य गर्ने सम्मका योजना

संवादाताः हाम्रो प्रहार
बैशाख २०, २०७९

मन्थली- मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर काँग्रेसका उम्मेद्वाहरुले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पाँच वर्षमा गर्ने काम सार्वजनिक गरेका छन् । समग्र वडाको विकासको लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुले आफूहरुले जितेमा पाँच वर्षमा खाने पानीको समस्या समधान गर्ने देखि गाउँमा रहेको विभिन्न हिसां अन्त्य सम्मका योजना अगाडि सारेका छन् ।

विगतको पाँच वर्षमा एउटा वडा कार्यालय सम्म नबनेको बताउँदै आफूहरु निर्वाचित भएमा व्यवस्थित वडा कार्यालय भवन निर्माण गरेर नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउने प्रतिवद्धता पत्रको पहिलो बुँदामा उल्लेख गरेका छन् । त्यस्तै प्रतिवद्धता पत्रमा भलुवाजोर वासीले वर्षौ देखि भोग्दै आएको खानेपानीको समस्यालाई पाँच वर्ष भित्र स्वाच्छ खानेपानीको प्रवन्ध मिलाउने उल्लेख गरेको छ । खाने पानी कै कारण गाउँ छोडेर शहर पसेका स्थानीयलाई खानेपानीको सहज आपुर्ती गरेर गाउँ छोडेका स्थानीलाई गाउँ फर्काउने अभियान संचालन गर्ने पनि भलुवाजोर काँग्रेसको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

विभिन्न कारणले हिसांमा परेका मानिसलाई हिसां मुक्त बनाउने, छुवाछुत मुक्त समाज निर्माण गर्ने, दाइजो प्रथा अन्त्य गर्ने, बालविवाह अन्त्य गर्ने, बालश्रम अन्त्य गर्ने जस्ता सामाजिक कार्य गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ ।

२५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको भलुवाजोर काँग्रेसले वडाका किसानहरुले पालेका पशुहरुको बिमा गर्न वडाले निःशुल्क बिमा गर्ने व्यवस्था मिलाउने, महिलाहरुलाई आत्मनिर्भर बनाउन आवश्यक सिप सिकाई उद्यमशिल बनाउन प्रोत्साहन गर्ने, राज्यबाट प्रदान हुने समाजिक सुरक्षा भत्ता  बैंक तथा वित्तिय संस्था मार्फत लक्षित वर्गको घरघर मै पु¥याउने जस्ता योजना समेत अगाडि सारेको छ ।

यस्तो छ भलुवाजोर काँग्रेसको प्रतिवद्धता पत्र

१ व्यवस्थित वडा कार्यलयबाट सेवा प्रवाह गर्न आधुनिक, मौलिक पहिचान झल्कने गरि वडा कार्यलयको भवन निर्माण सम्पन्न गर्ने ।
२ भलुवाजोर वासीले वर्षौ देखि भोग्दै आएको खानेपानीको समस्यालाई पाँच वर्ष भित्र स्वाच्छ खानेपानीको प्रवन्ध मिलाउने । खाने पानी कै कारण गाउँ छोडेर शहर पसेका स्थानीयलाई गाउँ फर्काउ अभियान संचालन गरिने ।
३ स्थानिय स्रोत र साधन प्रयोग गरि उद्योग कलकारखाना खोल्ने चाहने युवायुवतीहरु सहुलियत ऋण प्रदान गर्न सहजिकरण गर्ने ।
४ वडा भित्र आर्थिक तथा सामाजिक रुपमा पाछि परेका समुदायको अभिलेख राखि सामाजिक तथा आर्थिक उत्थान सम्बन्धी काम गर्ने ।
५ वडालाई बालमैंत्री बनाउन अभियान संचालन गरि वडालाई बालमैत्री वडा घोषणा गरिने ।
६ वालविवाह, लैंगिक हिंसा, छुवाछुत, दाइजो, बालश्रम, मानव बेचबिखन, निरक्षरता आदी जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने गराउने ।
७ साविकका ९ ओटा वडालाई मुख्या आधार बनाइ टोल टोलमा टोल सुधार सामुदायिक संस्था विकास गर्ने ।
८ वडा भित्र रहेका सामाजिक संस्था, समूह र क्लवहरूलाई प्रोत्साहन गर्ने कारी वडाले समन्वय गरेर काम ९ वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन आवश्यक सिप सिकाई उद्यमशिल बनाउन प्रोत्साहन गर्ने ।
१० वडा भित्र रहेको बाझो तथा खेती योग्य जमिनको माटो परिक्षण गराइ भुगोल र हावापानी सुहाउदो कृषि आधुनिकरण गरि बहुवर्षिय उत्पादन हुने खेती प्रणाली सुरु गरि कृषिमै आत्मनिर्भर गर्न युवालाई प्रोत्साहन गर्ने ।
११ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको खेलकुद भन्ने नारालाई आधार मान्दै समग्र वडालाई समेट्ने गरी वहुउद्देशीय खेलकुद मैदान निर्माण गर्ने र खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुदका कार्यक्रम सञ्चालन गर्ने ।
१२ वडाका सवै तथ्याङ्क अध्यावधिक गर्न, विकासको कार्य योजना बनाउदा, कार्यन्वन गर्दा वडा भित्र रहेका सम्पूर्ण राजनैतिक दल, समाजिक संघसंस्था, सामाजिक अभियान्त, युवा, शिक्षक, समाजसेवी, लगायतको बृहत सहभागितामा छलफल गरि बार्षिक बजेट निर्माण गरी विकासको कार्य अगाडी बढाउने ।
१३ वडा कार्यलयबाट प्रवाह हुने सेवा, बजेट तथा निति कार्यक्रममा शुसाशन कायम गर्न वडाबाट हुने विकास निर्माण तथा सार्वजनि सेवाको बारेमा प्रत्येक तीन तीन महिनामा सार्वजनिक सुनाई गरिने ।
१४ पशुपालनलाई प्रोत्सहन गर्न सम्पूर्ण वडावासी किसानहरुले पालेका पशुहरुको बिमा गर्न वडाले निःशुल्क बिमा गर्ने व्यवस्था मिलाउने ।

१५ भूगोल र हावापानी सहाउँदो कृषि वाली लगाउन कृषकहरुलाई प्रोत्साहन गर्ने । वडा भित्र उत्पादित कृषि उपजहरुको सहकारी वा समूह मार्फत बजारीकरणको व्यवस्था मिलाउने ।
१६ वडा भित्र रहेका वेरोजगार युवाहरुको तथ्यांक संकलन गरी स्वरोजगार बनाउन आवश्यक सिप र तालिम प्रदान गरी कार्यान्वयण गर्न सरकारी तथा गैर सरकारी संस्थाहरु मार्फत पहल गर्ने ।
१७ राज्यबाट प्रदान हुने समाजिक सुरक्षा भत्ता (बृद्धा भत्ता, एकल महिला भत्ता, अपाङ्ग, असाहय भत्ता, पिछडिएका वर्गको भत्ता) बैंक तथा वित्तिय संस्था मार्फत लक्षित वर्गको घरघर मै पु¥याउने व्यवस्था मिलाउने ।
१८ वडा भित्र भएका सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना सहज रुपमा गाडी चल्ने व्यवस्था मिलाउने । वडा भित्रका मुख्य मुख्य सडकलाई कालो पत्र गर्नका लागि नगर, प्रदेश, केन्द्रसँग पहल गर्ने ।
१८ वडा भित्र रहेका सम्पूर्ण विद्यालयमा, गुणस्तरिय शिक्षा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधारलाई सुधार गर्ने र जनशक्तिको व्यवस्थान गरी बालबालिका पढाउन शहर पसेका अभिभावकलाई गाउँ फर्काउ अभियान संचान गरिने ।

२० साविकका ९ ओटा वडालाई समेट्ने गरी कम्तीमा प्रत्यक वडाबाट दुई जनाका दरले सिमान्तकृत माझी समुदाय, दलित समुदाय, गरिव तथा जेहेन्दार विद्यार्थी छनौट गरि १ देखी १२ कक्षा सम्म छात्रवृत्तिको व्यवस्था गर्ने ।
२१ हाल वडामा रहेका स्वाथ्य संस्थामा भौतिक तथा प्राविधक क्षमताको विकास गरि वडाबाटै गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रवन्ध मिलाउने । वर्षमा कम्तिमा १ पटक विशेषज्ञ डाक्टर सहितको निःशुल्क घुम्ति स्वास्थ्य शिविर संचालन गर्ने ।
२२ वडा भित्र रहेका खेती योग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गर्ने बजेट व्यवस्थापन गर्ने ।
२३ सहकारी तथा समूह मार्फत संम्पुर्ण वडा वासीहरूलाई मल, विउ विषाधि सुलभ रुपमा उपलव्ध गराउने प्रवन्ध मिलाउने ।
२४ किसानहरुलाई आवश्यक पर्ने आधुनिक कृषि औजारहरु सहुलियत रुपमा अनुदानमा उपलब्ध गराउने ।
२५ वडा कार्यलयबाट प्रवाह हुने सेवा सुविधालाई सहज तरिकाले उपलब्ध गराउने र पारदर्शि बनाउन समय समयमा टोल टोलमा अन्र्तक्रिया कार्यक्रम गरेर सुझाव लिएर सोही सुझाव अनुसार कार्य अगाडि बढाउने ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper