Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘एमालेले सत्ता चलाउन पनि जानेन, प्रतिपक्षमा बस्न पनि सकेन’– उपसभापति लेख बहादुर कार्की

संवादाताः हाम्रो प्रहार
चैत्र ८, २०७८

रामेछाप- नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले सत्ता चलाउन नजानेर सरकारबाट बाहिरिएको नेकपा एमाले प्रतिपक्षमा पनि बस्न नसकेको आरोप लगाएका छन् । मंगलवार रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपसभापति कार्कीले सत्ता चलाउन नजानेर जनताले दिएको समय सम्म पनि सरकारमा बस्न नसकेको एमाले पार्टी अहिले प्रतिपक्षमा पनि बस्न नसकेको आरोप लगाएका हुन् ।

प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहेका उपसभापति कार्कीले कम्युनिस्टहरुले पाँच वर्ष अघि गाउँ–गाउँमा गएर भ्रमको खेती गरेर जितेको चुनावी परिणाम अवाधि नपुग्दै सरकारबाट बाहिरिदा सबै भ्रम जनताले छर्लङ्ग बुझेको बताउँदै आउदो चुनवामा जनताले त्यसको मूल्यांकण गर्ने धारणा व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा आफ्नो धारणा राख्दै काँग्रेस रामेछापका निवर्तमान जिल्ला सभापति लवश्री न्यौपानेले काँग्रेसले जितेको ठाउँमा विकास भए–नभएको थाहा पाउन कार्य सम्पादन मूल्यांकनमा बागमती प्रदेशकै पहिलो भएको काँग्रेसले जितेको रामेछाप नगरपालिकालाई हेर पुग्ने बताए । उनले कम्युनिस्ट पार्टीले जितेका रामेछापका अन्य पालिका र रामेछाप नगरपालिकलाई हेरेर जनताले आउँदो चुनावमा काँग्रेस र कम्युनिस्टको मूल्यांकन गर्ने दावी गरे ।

प्रशिक्षणमा एमसीसीकाे भ्रम र यथार्थ देखि देश विकासमा काँग्रेस सम्मको जानकारी

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका झण्डै १ सय ५० नेपाली काँग्रेसका नेता ताथा कार्यकता सहभागी कार्यक्रममा प्रमुख प्रशिक्षक उपसभापति लेख बहादुर कार्कीले पार्टीको सांगाठनिक संरचना, देशको विद्यमान राजनैतिक घटनाक्रम, कम्युनिस्टको भ्रमको खेती र केपी ओलीको झुटको राजनीति, राना र राजाको शासनकालको बारेमा जानकारी गराउँदै लोकतन्त्रको रक्षामा काँग्रेसले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

त्यस्तै प्रशिक्षण कार्यक्रमका विशेष प्रशिक्षक काँग्रेस महाधिवेशन प्रतिनिधि एवं युवा नेता रत्नहरी ढुंगेलले काँग्रेस र कम्युनिस्ट बीचको भिन्नता, एमसीसीको भ्रम र यथार्थ, देश विकासमा नेपाली काँग्रेसको दशकौ वर्षको भूमिका लगायतको विषयमा जानकारी गराएका थिए । अहिलेको अवस्थामा नेपाली काँग्रेसको गाउँ केन्द्रित पार्टी प्रशिक्षण कार्यक्रम र त्यसको उद्देश्यको बारेमा प्रशिक्षक एवं नेपाली काँग्रेस जिल्ला कार्यसकिति रामेछापका सदस्य गुन्ज बहादुर कार्कीले जानकारी गराएका थिए ।

सरकार बाहिर बसेर पनि नीजि खर्चमा झण्डै ३३ लाखको विकास

स्थानीय तहको निर्वाचनमा पराजित भएपनि पाँच वर्षको अवाधिमा रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाली काँग्रेसले साढे ३३ लाख बराबरको विकास निर्माण र सामाजिक काममा सहयोग गरिएको रामपुर काँग्रेसले बताएको छ । वडा सभापति हरिश्चन्द्र श्रेष्ठको अगुवाइ तथा नगर सचिव कोमलदाश श्रेष्ठको सक्रियतामा आफ्नै नीजि खर्च र काँग्रेस सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम), काँग्रेस नेता शम्भु घिमिरे लगायत पार्टीका नेताहरुको सहयोगमा साढे ३३ लाख बराबरको भौतिक विकास निर्माण देखि सामाजिक काम गरिएको प्रशिक्षणको क्रममा जानकारी गराइएको थियो ।

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडा सभापति हरिश्चन्द्र श्रेष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछाप नगर सचिव कोमलदाश श्रेष्ठ, काँग्रेस नेता एवं समाजसेवी शम्भु घिमिरे, स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper