Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

तीव्र गतिमा फैलिइरहेको छ कोरोना संक्रमण दर, जिम्मेवार छैनन् राजनीतिक दलहरु

संवादाताः रामचन्द्र वि.क.
पुस २५, २०७८

केही दिन अघि मात्रै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ झण्डै एक हप्ता सम्म चलेको महाधिवेशनमा सहभागी भएका कारण त्यहाँ सहभागी अन्य नेता तथा कार्यकर्तालाई पनि कोरोना पुष्टि भएको रिपोर्टहरु आइरहेका छन् । प्रचण्डलाई कोरोना पुष्टि भएपछि अहिले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । यता प्रधानमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका कारण स्वास्थ्य मापदण्ड अनुसार देउवा र ओलीको पनि कोरोना परीक्षण गरिने छ ।

दाहाललाई कोरोना संक्रमण भएर घरमै आरम गरी बसेको भएपनि उनलाई स्वास्थ्यमा कुनै समस्या छैन् भने देउवा र ओलीलाई पनि स्वास्थ्यमा कुनै समस्या देखिएको छैन् । कोरोना पुष्टि भएर पनि स्वास्थ्यमा समस्या नदेखिएका प्रचण्डलाई चाँडै निका होस भन्ने कामना गर्दछौ भने उनको सम्पर्कमा भएका देउवा र ओलीको पनि कोरोना रिपोर्ट नेगेटिभ देखियोस । तर, देशमा कोरोना संक्रमणको दर प्रायः शून्य भइसकेको अवस्थामा संक्रमणलाई फेरि फैलाउन भने देशका प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सत्ता साझेदार दलका अध्यक्ष प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनहरु पनि दोषी छन् ।

हाम्रो देशमा कोरोना संक्रमणको दर शून्यमा पुगेको भएपनि स्वास्थ्य विशेषज्ञहरुले कोरोनाको अर्को भेरियन्ट आउने चेतवानी दिइरहेका थिए । तर, राजनीतिक दलहरुले आफ्नो महाधिवेशनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेनन् । जसको कारण प्रायः शून्य भइसकेको कोरोनाको संक्रमण फैलाउन मद्दत पुग्यो । राजनीतिक दलहरुले मानिस जम्मा गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको कारण पनि हुनसक्छ अहिले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइ रहेको छ ।

राजनीतिक दलका विभिन्न गतिविधि नभएको भएपनि कोरोना भाइरसको संक्रमण फैलने थियो होल । तर, देशका जिम्मेवार पदमा बसेका व्यक्तिहरु, राजनीतिक दलका नेता र आम नागरिकले विगतमा भोगेको कोरोनोको पीडालाई भुलेर अब आउन सक्ने संकटलाई समेत गम्भीर रुपमा लिएका छैनन् । ज्यानै लिने कोरोनालाई सामान्य रुपमा लिएर सावधानी नअपनाउने हो भने फेरि नेपालमा अर्को खतरा हुन सक्छ । त्यसकारण कोरोनाबाट बच्नको लागि सरकार र आम नागरिकहरुले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न जरुरी छ । अतिरिक्त खोप लगाउने प्रचार प्रसार गरेर हिडेको सरकारले पलिहो र दोस्रो खोपको मात्रालाई समेत पूरा गर्न सकेको छैन् । यसकारण पनि धेरै मानिसहरु उच्च जोखिममा रहेका छन् । यस्तो अवस्थामा राजनीतिक दलहरुले सार्वजनिक रुपमा वा धेरै मानिस जम्मा गरेर गरिने आफ्न कार्यक्रमहरुलाई प्रविधिको प्रयोग गरेर एकान्तमा बसेर गर्न जरुरी छ । आम नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण पालना गराउनको लागि सरकारले सचेत गराउन आवशयक छ भने तीव्र गतिमा फैलिई रहेको कोरोना भाइरसलाई रोक्न राजनीतिक दल र सरकार जिम्मेवार भएर लाग्न जरुरी छ ।

प्रहार खबर साप्ताहिकमा २०७८ पौष २५ गते आइतबार प्रकाशित

Related Posts

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper