Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home अर्थ

समाज सेवा जागृत महिला बचतको १४ वर्षे यात्राः साढे पाँच सय शेयर सदस्य, एक करोड माथिको कारोबार

संवादाताः हाम्रो प्रहार
पुस २४, २०७८

रामेछाप– २०६२ सालदेखि महिलाहरुको समूहले पाँच रुपैयाँका दरले पैसा उठाएर सुरु गरेको सहकारीले १४ वर्षमा आइपुग्दा झण्डै एक करोड ३० लाखको हाराहारीमा कारोबार गर्न सफल भएको छ । साविकको रामेछाप गाविसका केही स्थानीय महिलाहरुको स–साना समूह बनाएर पाँच रुपैयाका दरले पैसा उठाएर सुरु गरिएको समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी संस्थाले १४ वर्षको अवधिमा एक करोड २९ लाख १६ हजार ८ सय ६९ रुपैया बराबरको कारोरबार गर्न सफल भएको छ ।

संस्थाकी कोषाध्यक्ष कल्पना देवकोटाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको शेयर पुँजि ३ लाख २ हजार १ सय रुपैयाँ, ऋण लगानी १ करोड २ लाख २४ हजार ५ सय रुपैयाँ, बचत संकलन ९६ लाख ५७ हजार ६ सय ९७ रुपैयाँ, ऋण सुरक्षा कोष ८२ हजार ७४ रुपैयाँ, भाका नाघेको ऋण ३ दशमलव ४२ प्रतिशत, गत आर्थिक वर्षको खुद नाफा ४६ हजार ९२ रुपैयाँ रहेको र सहकारीले १४ वर्षको अवाधिमा १ करोड २९ लाख १६ हजार ८ सय ६९ रुपैयाँ बराबरको संस्थाले गरीरहेको बताइन् ।

केही महिलाहरुको समूहबाट सुरु भएको सहकारीमा हाल ५ सय ५१ जना महिला शेयर सदस्य रहेको संस्थाकी सचिव निरमाया शाहीले जानकारी गराइन् । सहकारीमा किशोरी सदस्य र बालिका सदस्य समेत रहेको सचिव शाहीले बताइन् । सचिव शाहीले सहकारीले विगत देखि संचालन गरीरहेका कार्यक्रमलाई निरन्तरता दिने र सदस्यहरुको आयआर्जनमा थप सहयोग पु¥याउने कार्यक्रमहरु ल्याइने लगायतका कार्यक्रमहरु समवेश भएको प्रतिवेदन प्रस्तुत गरेकी छिन् ।

सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धी गरी स्वाबलम्बी र आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने मुख्य उद्देश्यसहित खोलिएको सहकारीले हाल सदस्यहरुको माग अनुसार कृषि, पशुपंक्षी, ब्यापर जस्ता उत्पादनशिल क्षेत्रमा ऋण लगानी, कोसेली घर संचालन, मनोबिमर्श केन्द्र संचालन, किशोरी परामर्श कार्यक्रम संचालन, जनचेतनामूलक कार्यक्रमहरुमा सहभागी लगायतका कार्यहरु गरीरहेको लेखा सुपरिवेक्षक समितिकी संयोजक चन्दा खड्काले बताइन् ।

सहकारीकी अध्यक्ष लक्ष्मी घिसिङ तामाङको अध्यक्षता रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्को प्रमुख आतिथ्यता एवं रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा १३ जना संस्थापक शेयर सदस्य र रामेछाप नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका दुई जना कर्मचारीलाई सम्मान समेत गरिएको छ । त्यस्तै संस्थाले सहकारीमा शेयर सदस्य रहेका र विभिन्न समयमा मृत्यु भएकाका ८ जनालाई प्रति शेयर सदस्य ५ हजार नगद सहित सम्मान गरेको छ । विभिन्न समयमा सहकारीलाई सयोग पु¥याएको भन्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र पत्रकार रामचन्द्र वि.क.लाई मायाको चिनो प्रदान गरेको छ ।

साविकको रामेछाप गाविसमा २०६२ सालमा मिरा घिमिरको अध्यक्षतामा ५३ तदर्थ समितिबाट सुरु भएको सहकारी महिलाहरुले संचालन गरेका सहकारी मध्ये जिल्लाको एक सक्रिय सहकारीको रुपमा परिचित रहेको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper