Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

दिब्यदृष्टि रहोस् मिशनतिर

संवादाताः हाम्रो प्रहार
अशोज २, २०७८

जुनसुकै राजनीतिक दलको पनि आफ्नो ध्येय र मिशन हुन्छ । यसका हर क्रियाकलापहरु त्यस तर्फ निर्देशित हुन्छन् । नेपालका राजनीतिक दलहरुमध्ये जन्मको आधारमा दोस्रो पुरानो दल नेपाली कांग्रेस आफ्नो स्थापना काल देखि नै लोकतन्त्र र समाजबादलाई अनुशरण गर्दै राष्ट्रि«यतालाइ प्रबद्र्धन गर्ने लक्ष्यका साथ आज झण्डै ७६ बर्ष पार गर्दैछ ।

लक्ष्य र मिशन साध्य हो । नेता, कार्यकर्ता, झण्डा, नारा, चुनाव चिन्ह, बिधान, नियमावली, नियम, बिभिन्न तहका अधिबेशन, पद, सम्मान, पैसा, भाषण, लेख, नेता कार्यकर्ताका त्याग, सैद्धान्तिक निष्ठा, इमान्दारिता, नैतिकता, बौद्धिकता, तर्क गर्ने क्षमता, मुडकी, मशल,   इतिहासका राम्रा नराम्रा काम, सरकार बनाएर गर्ने राम्रा र नराम्रा काम आदि सबै साधनहरु हुन् । यी साधनहरु मध्ये केहीले मिशन सम्म पुग्नलाइ मद्धत गर्दछ भने कसैले भइरहको इज्जत प्रतिष्ठामा पनि दाग लाउदै मिशनबाट टाढा धकेल्दै लान्छ । 

शरिरलाइ सजिब बनाउन, मुटु, मृगौला, फोक्सो जस्ता अंग चलाउनु पर्छ र यसका लागि निर्देशन मष्तिस्कले गर्दछ । बौद्धिकता, सैद्धान्तिक निष्ठा, इमान्दारिता र नैतिकता राजनीतिक दलको मष्तिस्क हो । यसपछिका सबै अवयवहरु हात खुट्टाहरु हुन् । जसले मष्तिस्कको निर्देशनमा काम गर्दछन् ।

वी.पी कोइरालाको बौद्धिकता, गणेशमान सिंह र किसुनजी लगायत सम्पुर्ण नेता कार्यकर्ताहरुको त्याग, तपस्या र इमान्दारिता, त्यस्तै सुवर्ण शम्शेरको आर्थिक र बौद्धिक लगानीले नेपाललाइ आधुनिकरणको युगमा पदार्पण गराउने संस्था नेपाली कांग्रेसको जन्म दियो । नेपालको हालसम्मको राजनीतिक इतिहास त्यही नेपाली कांग्रेसको सेरोफेरोमा घुमिरहेको छ । वी.पी कोइराला र उनको बिचारको कित समर्थन कित बिरोधमा अडिरहेको छ । 

अहिले नेपाली कांग्रेसको चौधौ महाधिबेशनको हलचल छ । यसमा सबै साधनहरुलाई चलायमान गराउदै लक्ष्य प्राप्तीको बाटो पैल्याउन कोशिष भइरहेको छ । कसैले मष्तिस्कलाई महत्व दिइ रहेका छन् भने कसैले हात खुटटा, मुख इत्यादिलाई । मष्तिस्क बिना राजनीतिक दलको प्राण नै रहदैन फेरि मष्तिस्क मात्र भएर अन्य अंग भएन भने शरिरले सम्पुर्ण क्रिया पुरा गर्न सक्दैन ।

त्यसैले सर्बप्रथम बिधान र नियमावली अनुसार निर्वाचनद्वारा बिभिन्न तहहरुको गठन पहिलो काम भएको छ । ती तहहरुका पदहरुमा कस्ता ब्यक्तिहरुलाई छान्ने भन्ने रस्साकस्सी चलिरहेको छ । बिधानसम्मत स्वस्थ प्रतिष्पर्धाले दललाई जिवन्त राख्दछ । तर सही ब्यक्तिहरुलाई सुहाउदो ढंगले उचित पदहरुमा स्थापित गर्ने सबैभन्दा चुनौतीको बिषय छ ।

एउटा सिंगो नेपाली कांग्रेसको दृष्टिबाट हेर्दा आफुसंग उपलब्ध साधनहरुबाट कसरी लक्ष्य सम्म पुग्न मद्धत पुग्ला भन्ने बिषय महत्वपुर्ण छ । यो आन्तरिक चुनाव त्यसका लागि सहायक सिद्ध हुनु पर्दछ ।  तर लक्ष्यमा पुग्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा चुनाव जितेर आफ्नो बहुमत स्थापना गर्नु पहिलो खुड्किलो हुन जान्छ । त्यसपछिका योजना र कार्यक्रमहरुले मिशन सम्मको बाटो पैलाउन सजिलो बनाउँछ । यो बिना लक्ष्य प्राप्तीको गोरेटो खनिदैन ।  त्यसो हो भने हालको पार्टीको आन्तरिक चुनावले ती आउँदो चुनावई प्रभावित हुन दिनु हुन्न र आउँदो ती चुनावलाई हारको संघारमा पुग्नेगरि अस्वस्थ प्रतिष्पर्धाहरु पनि गरिनु हुन्न । 

त्यसका लागि कसरी नेता तथा कार्यकर्ताहरुले आफुलाई चलायमान गराउन सक्लान् ? यसका लागि हरेक सदस्यहरुले आफु र आफ्नो योगदान र क्षमतालाई सर्बप्रथम आफैले नियाल्नु सबैभन्दा महत्वपुर्ण हुन आउछ । आफ्नो आत्मालाई गम्भिर भएर सोध्नु पर्ने छ कि मैले लिन चाहेको पद मेरो स्वाभाव, सीप, क्षमता र दक्षता अनुसार छ छैन ? म भन्दा त्याग भएका योग्य ब्यक्तिहरु अरु पनि छन् कि यदि उ भयो भने मेरो संस्थाले चाहेको लक्ष्य पुरा गर्न मैले भन्दा बढी योगदान गर्न सक्छ कि ? यी प्रश्नका उत्तरमा आफूलाई अब्बल लाग्यो भने त्यस पदका लागि प्रत्याशी बन्न सकिन्छ ।

प्रत्याशी हुँदा ब्यक्तिगत स्तरमा आफ्नो साथीहरुको चित्त दुख्ने गरि सार्वजनिक रुपमा टिका टिप्पणी नगर्नु बेश हुन्छ । मानिसका अवगुण र दोषहरुलाई सच्याउनु छ भने उसलाई एक्लै राखेर बताउनु पर्दछ । सार्बजनिक रुपमा उनका गुणहरुको प्रशंसा गर्न कन्ज्युस्याइ गर्नु हुन्न । आफ्नै संस्थाका साथीहरुलाई होच्याएर गाली गरेर आफ्नो कद बढ्दैन बरु आफ्नो स्तर अरुले चाल पाउने छन् । आफू अग्लो हुन अरुको खुट्टा काट्ने भन्दा आफूले खुट्टा थप्नु बेश । आफ्ना साथीहरुको मान मर्दन गर्दा त्यो आफैलाइ फर्कने डर हुन्छ र आफ्नो संस्थालाइ घाटा हुन्छ । संस्था भनेको आफ्नो अर्को घर हो । जहा साथीहरुसंग लक्ष्य प्राप्तीका लागि परिवार जस्तै मिलेर बस्नु पर्नेहुन्छ ।

इतिहासमा वी.पी कोइरालाको बिचारलाई कार्यरुप दिन जिवन पर्यन्त सुवर्ण शम्शेरको पैसाले अहम भुमिका खेलेको थियो । गणेशमानजीको साहस र कर्तब्यपरायणता, किसुनजीको वाकपटुता, त्याग र बिद्धता, गिरिजाबाबुको संगठनकर्ताको क्षमता यी सबैको मिश्रणबाट सिंगो नेपाली कांग्रेसले नेपालमा अकण्टक राजनीतिक नेतृत्व दिन सफल भइरहेको थियो र छ । यस्तो गरिमामय संस्थाको सदस्य हुनु नै अहोभाग्य हो । तर ती नेताहरुको भावना, अनुशासन र ब्यबहारलाई आत्मसात गर्न सक्नु कठीन छ तर कोशिष गर्नुपर्दछ । बुझ्नै पर्ने कुरा के हो भने मिशन प्राप्तीको लडाइमा साना तिना पद भनेका फाटेका थोत्रा लुगाहरु हुन्, जो लगाउदै फाल्न सकिन्छ । तर दिब्यदृष्टि अन्तिम गन्तब्यतिर रहिरहनु पर्दछ ।

अरु दलहरुसँगको लडाइ आफ्नो आदर्शलाइ उचो राख्ने र लक्ष्य प्राप्ति गर्न लडिने लडाइ हुन् भने आफ्नो दल भित्रको लडाइ बढी योग्यलाई आदर्श प्राप्तिको लडाइमा भिड्न जान तयार पार्न सामल तुमलको बन्दोबस्त र तालिम दिनका लागि हो । त्यसैले चौधौ महाधिबेशन देशमा हुन लागेका सबै चुनावहरुमा बहुमत ल्याउदै नेपाली कांग्रेसको आफ्नो लक्ष्य प्राप्ती गर्ने गोरेटो निर्माणमा सहायक सिद्ध हुने गरि सम्पन्न होस् । यही शुभकामना ।

(लेखक नेपाली कांग्रेस रामेछाप जिल्लाका पुर्ब महासमिति सदस्य, नेशनल ओपन कलेजका प्राध्यापक तथा स्वास्थ्य सेवा ब्यबस्थापन बिशेषज्ञ हुनुहुन्छ ।)

सांघुटार बजार, रामेछाप ।
sumankarmacharya2005@gmail.com

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper