Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुकाजोरका किसानलाई व्यवसायिक बंगुर पालन तालिम, व्यवसाय सुरु गर्न उन्नत जातको बंगुर वितरण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २६, २०७७

रामेछाप– नगरपालिका– ७ सुकाजोरका किसानले गाउँमै व्यवसायिक बंगुर पालन गर्न सकिने गरी ८ दिनको व्यवसायिक बंगुर पालन तालिम सिकेका छन् । घरेलु तथा साना उद्योग कार्यालय रामेछाप र रामेछाप जिल्ला लघु उद्यमी समुह संघको आयोजना गरेको ८ दिनको तालिममा सुकाजोर गैरीगाउँका ३५ जना किसानहरुले बंगुर पालन सम्बन्धी सीप विकास र उद्यमशिलता विकास तालिम सिकेका हुन् ।

विगत देखि परम्परागत शैलीमा गर्दै आएको बंगुर पालन पेशालाई आधुनिक तरिकाबाट गर्दा धेरै फाइदा हुने कुराहरु तालिममा सिकेको स्थानीय बंगुर पालक किसान टेक बहादुर तामाङले बताए । गाउँमा समय कटाउने तरिकाले बंगुर पालन गरिरहेका किसानहरुलाई आधुनिक तरिकाले व्यवसायिक रुपमा बंगुर पाल्न प्रेरित गरेको उनको भनाई रहेको छ । बंगुर पालन मात्रै नभएर जुनसुकै व्यवसय गर्दा त्यसको बारेमा तालिम लिएर र गहन अध्ययन गरेर मात्रै गर्दा राम्रो हुने कुरा समेत तालिमले सिकाएको उनको बुझाई रहेको छ ।

त्यस्तै व्यवसाय सम्बन्धी पहिलो पटक तालिम लिएको बताउँदै अर्का किसान विष्णु माया तामाङले गाउँमै उत्पादन गर्न सकिने कुरालाई व्यवसायिक रुपमा गर्न सके आत्मनिर्भता सँगै आर्थिक रुपमा समेत फाइदा पुग्ने कुरा तालिममा सिकेको बताइन् । उनले गाउँका किसानलाई विभिन्न संघसंस्था र स्थानीय सरकारले थप सहयोग गरे महिलाहरुको आत्मनिर्भतामा समेत सहयोग पुग्ने अपेक्षा राखिन् ।

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले तालिमले व्यवसायिकता र सामुहिकतामा सहयोग पुगेको तर्का राख्दै सहभागीहरुलाई व्यवसायिकता र सामुहिकतामा ध्यान दिन आग्रह गरिन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख खड्काले किसानहरुले परम्परागत तरिकाबाट गर्दै आएको पेशालाई आधुनिक तरिकाबाट गर्न सके त्यसले किसानलाई व्यवसायिक बनाउनुको साथै आर्थिक रुपमा समेत फाइदा पुग्ने बताइन् । सुकाजोरको विभिन्न टोल मध्ये गैरीगाउँलाई बंगुर पालनको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना देखिएकाले नगरपालिकाले बंगुर पकेट क्षेत्र बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उपप्रमुख खड्काले गरिन् । केही व्यवसायिको नाउँमा गोजीमा कागजपत्र बोकेर अनुदान लिदै हिड्ने व्यक्तिहरु पनि नगरपालिका भित्रै भएकाले त्यस्ता व्यक्तिलाई पछि पारेर अब हामी गर्छौ भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गरिन् ।

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले गैरीगाउँका किसानले पहिल देखि नै बंगुर पालन गर्दै आएको भए पनि व्यवसायिक हुन नसकेको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागुन गर्न सके किसानलाई व्यवसायिक बन्न मद्धत पुग्ने बताए । वडा भित्र जे काम गरे पनि व्यवसायिक रुपमा गरे वडाबाट गर्नु पर्ने जस्तो सहयोग पनि हुने वडाध्यक्ष कार्कीको भनाई रहेको छ । गैरीगाउँलाई विगत देखि नै बंगुर पकेट क्षेत्र बनाउने लक्ष्य लिएको भएपनि विभिन्न कारणले हुन नसकेको र ८ दिन सम्म लिएको तालिमले पकेट क्षेत्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

घरेलु तथा साना उद्योग कार्यालय रामेछापका उद्योग अधिकृत मेघनाथ गौतमले लघु उद्यम भनेको घर छेउमै पाइने स्रोत साधानबाट चलाउन सकिने साना व्यवसाय भएकाले यस्तो तालिमले आफ्नै घर वरिपरि खेर गइरहेका स्रोत साधानबाट नयाँ बस्तु उत्पदान गर्दै आयआर्जनमा सहयोग पुग्ने बताए । तालिम लिएका सबै व्यवसायिलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग सधैं हुने उनले बताए ।

रामेछाप जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले ८ दिन सम्म चलेको तालिममा स्थानीयको सक्रियताले नै गैरीगाउँका किसानहरुलाई व्यवसायिक बनाउन तालिमले सहयोग पुग्ने बताए । तालिम लिएर मात्रै सबै सम्पन्न नहुने बताउँदै प्रतिस्पर्धात्मक तरिकाले गर्न सके बंगुर पालन गरे त्यसले आर्थिक अवस्था सुधार हुने उनको भनाई रहेको छ । तालिम लिएका सहभागीहरुलाई थप व्यवसायिक बनाउनको लागि विभिन्न निकायसँग समन्वय गरेर सहयोग गर्ने समेत अध्यक्ष कार्कीले प्रतिवद्धता जनाए ।

तालिममा सहभागी भएका ३५ जना किसानलाई घरेलु तथा साना उद्योग कार्यालय रामेछाप र रामेछाप जिल्ला लघु उद्यमी समुह संघले करिव ८० प्रतिशत अनुदानमा उन्नत जातको एक–एक ओटा बंगुरको पाठा समेत वितरण गरेका छन् ।

रामेछाप जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष गुञ्ज बहादुर कार्कीको अध्यक्षता एवं रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता भएको कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ७ का वडा सदस्य एवं कार्यपालिका सदस्य ज्ञानुकादेवी कार्की र रामेछाप नगरपालिका उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठले आ–आफ्नो भनाई राखेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper