Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

शहीद विष्णु कार्की (पुकर) स्मृति फुटबल प्रतियोगिताको उपाधी प्याराडाइज युथ क्लब खिम्तीलाई

संवादाताः हाम्रो प्रहार
फाल्गुन ३, २०७७

रामेछाप- शहीद विष्णु कार्की (पुकर) स्मृति खुला पुरुष फुटबल प्रतियोगिता २०७७ नामाडीको उपाधी प्याराडाइज युथ क्लब खिम्तीले जितेको छ । तत्कालिन नेकपा माओवादीमा आवद्ध भएका नामाडीका विष्णु कार्की जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको कारबाहीबाट मारिएपछि शहीद भएका शहीद विष्णु कार्की (पुकर) को स्मृतिमा संचालन गरिएको प्रतियोगितामा प्रथम हुँदै प्याराडाईज युथ क्लब खिम्तीले उपाधी जितेको हो ।

त्यस्तै प्रतियोगितामा ग्रामिण सेवा युवा परिषद् रस्नालु द्वितिय भएको छ भने सुर्यदिप युवा क्लब मन्थली तृतिय भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

माघ २५ गते देखि सुरु भएर ८ दिन सम्म संचालन भएको प्रतियोगिता फागुन २ गते सम्पन्न भएको छ । प्रतियोगितामा विजयी हुने टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै जीपी फाउण्डेशन रामेछापका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता दीपक खड्काले आफूसँगै पढेको साथी शहीद हुँदाको दुखद क्षणलाई सम्झदै जुन पार्टीमा लागेर आफ्नो ज्यान दिए त्यो पार्टीले विर्सदै गएपछि नेपाली काँग्रेसको विषेश सहयोगमा उहाँलाई सम्झउने काम भएको बताए । शहीद पुकरका परिवारको अनुरोधमा नेपाली काँग्रेसका विभिन्न तहका नेता र समाजसेवीहरुको सहयोगमा शहीद पुकरलाई चिनाउने गरी प्रतियोगिता सम्पन्न हुदाँ आफूलाई पनि खुसी लागेको नेता खड्काले बताए ।

प्रतियोगिता समापन समारोहको प्रमुख आतिथि समेत रहेका नेता खड्काले शहीद विष्णु कार्की (पुकर) को सपनालाई साकार पार्न आफूहरु सधैं उनको परिवारसँगै रहने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रमका विशिष्ट आतिथि रहेका नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सदस्य पदम माझीले समापन समारोहमा बोल्दै सबैले विर्सिसकेको शहीद विष्णु कार्की (पुकर) लाई फुटबल मार्फत चिनाउने प्रयास धेरै राम्रो भएको बताए । यो प्रतियोगिताले शहीद पुकरलाई दोलखा, ओखलढुंगा, रामेछाप लगायतका जिल्लाले कहिल्यै पनि नविर्सने विश्वास व्यक्त गरे ।

शहीद विष्णु कार्की (पुकर) का काइलो भाई भुमिराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनका अर्का माइला भाई केशर कार्कीले देशमा आमूल परिवर्तन गर्छु भन्ने पार्टीमा लागेर ज्यान गुमाएका आफ्ना शहीद दाई पुकरलाई अहिले त्यही पार्टीले चटकै माया मारेको दुख व्यक्त गरे । शहीद भएका आफ्नो दाईलाई सबैले विर्से पनि नेपाली काँग्रेस युवा नेताहरु र गाउँका समाजसेवीले फुटबल मार्फत चिनाउन सहयोग गरेकोमा खुसी व्यक्त गरे । सहयोगी सबैलाई धन्यबाद समेत दिए ।

२०६० साल माघ २५ गते तत्कालिन शाही नेपाली सेना बाट मारिएका पुकारको स्मृतिमा त्यहि दिन पारेर माघ २५ गते नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए । उत्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खड्काले शहीदको नामबाट आयोजना हुने प्रतियोगिताले शहीद विष्णु कार्की (पुकर) लाई सबैले चिन्ने विश्वास व्यक्त गरेका थिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper