Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्रको कार्यशाला गोष्ठी सम्पन्न

संवादाताः रामहरि केसी
माघ १९, २०७७

मन्थली- अनौपचारिक शिक्षा तथा सामुदायिक सिकाई केन्द्रको बिकास सम्बन्धि एक दिने कार्यशाला गोष्ठी मन्थलीमा सम्पन्न भएको छ । भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता एवं बागमती प्रदेश सभा सदस्य रिता माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गोष्ठीमा अनौपचारिक शिक्षाको नीतिनिर्माता सम्बन्धी कार्यपत्र प्रस्तुत हुनुको साथै मन्थली नगरपालिका भित्र रहेका सामुदायिक सिकाई केन्द्रको अवस्था र सामुदायिक सिकाई केन्द्र परियोजनाको बारेमा जानकारी गरइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बागमती प्रदेशसभा सदस्य रिता माझीले सामुदायिक सिकाई केन्द्रलाई थप प्रभावकारी बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिइन् । उनले सिकाई केन्द्रबाट धेरै कुरा जानकारी लिन सकिने भएकाले सामुदायिक सिकाई केन्द्रहरुलाई थप प्रविधि मैत्री बनाएर सूचनाको एउटा बैंक बनाउन सके गाउँका युवाहरुले धेरै कुरा सिक्न सक्ने भएकाले स्थानीय सरकारले त्यसको विकासमा चासो दिनु पर्ने धाराण राखिन् ।

त्यस्तै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका भित्र रहेका सामुदायिक सिकाई केन्द्रहरुलाई थप प्रभावकारी बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । नगर प्रमुख बस्नेतले भने– ‘सिकाई केन्द्रहरुको समस्या धेरै रहेछन्, त्यसको जानकारी आज भएको छ । नगरपालिका भित्र रहेका सबै सिकाई केन्द्रलाई थप प्रभावकारी बनाउन नगरपालिकाले सक्दो सहयोग गर्छ । त्यसका लागि सिकाई केन्द्रहरुलाई कार्यालयमा भएको समस्या सहित आगामी कार्यक्रम समेत समेटर कार्यक्रम तयार गरेर ल्याए नगरपालिकाले सबै सहयोग गर्छ ।’

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नगर प्रमुख बस्नेतले सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको नगरपालिकाले सिकाई केन्द्र मार्फत पनि थप सामाजिक कार्य गर्ने गरी नगरपालिका सामुदायिक सिकाई केन्द्रहरुसँगै सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाए ।

शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका अधिकृतले अनौपचारिक शिक्षाको नीतिनिर्माता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले मन्थली नगरपालिका भित्र रहेका सामुदायिक सिकाई केन्द्रको बिकास, समन्वय र अहिलेको अवस्थाका बारेमा जानकारी गराएका थिए  भने नेपाल सामुदायिक सिकाई केन्द्र परियोजनाका शुक्रराज महर्जनले परियोजना संचालित क्षेत्रको अनुभवका बारेमा जानकारी गराएका थिए । मन्थली नगरपालिका भित्र रहेका सबै सामुदायिक सिकाई केन्द्रहरुको प्रतिनिधित्व गर्दै भिमेश्वर सामुदायिक सिकाई केन्द्रका कोषाध्यक्ष श्रीधर घिमिरेले सिकाई केन्द्रहरुले गरेको काम, अहिले सम्म भएका उपलब्धि, विभिन्न अनुभव र सिकाई केन्द्रहरुले भोगीरहेका चुनौतीको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अधिकृत बैकुण्ठ आचार्य, नेपाल सामुदायिक सिकाई केन्द्र परियोजनाका कार्यक्रम अधिकृत शुक्रराज महर्जन, मन्थली शिक्षा शाखाका सौभाग्य न्यौपाने, सिकाई केन्द्र भएका वडाध्यक्षहरु क्रमशः वडा नं १ का कार्यबहाक वडाध्यक्ष गजेन्द्र बहादुर थापा, वडा नं ६ का कार्यबहाक वडाध्यक्ष प्रेम बहादुर तामाङ, वडा नं ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र वडा नं ९ का वडाध्यक्ष बुद्धी बहादुर पुलामी, सामुदायिक सिकाई केन्द्र संजालका अध्यक्ष मदन प्रसाद घिमिरे, पत्रकार हिमाल ढुङ्गेल, मन्थली नगरपालिका भित्र रहेको ८ वटा सिकाई केन्द्रका अध्यक्ष, सिकाई केन्द्रका परिचालिकाको र जग्गादाता ध्रुवदेवी श्रेष्ठ सहितको सहभागिता रहेको थियो ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper